अर्थमन्त्री पौडेललाई राष्ट्रियसभामा बजेट भाषण गर्न वामदेवको माग - Himal Post Himal Post
  • ७ माघ २०८१, सोमबार
  •      Mon Jan 20 2025
Logo

अर्थमन्त्री पौडेललाई राष्ट्रियसभामा बजेट भाषण गर्न वामदेवको माग



काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले राष्ट्रियसभामा बजेट भाषण गर्नुपर्ने माग गरेका छन् । उनले अर्थमन्त्री विष्णु पौडेललाई राष्ट्रियसभामा उपस्थित भएर बजेट भाषण गर्न आग्रह गरेका हुन् ।

राष्ट्रियसभाको बैठकमा बोल्दै गौतमले राष्ट्रिय सभामा बजेट भाषण गर्नका लागि नियम-कानून सच्याउनुपर्ने भए त्यसमा हिच्किचाउनु नहुने बताएका थिए ।

राष्ट्रियसभाको बैठकमा बोल्दै गौतमले भने, ‘अर्थमन्त्रीले बजेट भाषण गर्नुभयो, तर कहाँ गर्नुभयो थाहा छैन । राष्ट्रियसभामा गरेको भए के हुन्थ्यो ? यदि संविधान र नियम-कानूनले रोक्छ भने त्यो बदलौं । राष्ट्रियसभा संघीय सांसदको अंग हो । प्रतिनिधिसभा नभएको बेला राष्ट्रियसभामा बजेट प्रस्तुत गर्ने व्यवस्था मिलाइयोस् ।’

उनले थपे, ‘अर्थमन्त्रीले राष्ट्रियसभामा बजेट भाषण गरेर त्यसमा छलफल गराउनुपर्छ । अनि मात्र पारित गर्दा राम्रो हुन्छ ।’