देउवा लागे तयारीमा: सिटौलालाई निवासमै बोलाएर छलफल - Himal Post Himal Post
  • ७ माघ २०८१, सोमबार
  •      Mon Jan 20 2025
Logo

देउवा लागे तयारीमा: सिटौलालाई निवासमै बोलाएर छलफल



काठमाडौं- नेपाली कांग्रेसको महाधिवेशन नजिकिएसँगै चहलपहल पनि बढेको छ । नेताहरूले नेतृत्व र चुनावको लागि आफ्नो तयारी अगाडी बढाएका छन् । एउटा समुहले अर्को समुहलाई प्रभावित गर्ने क्रम पनि सुरू भएको छ ।

यस्तैमा आफ्नो उम्मेद्वारीबारे छलफल गर्न र आफूलाई समर्थन गर्न आग्रह गर्नका लागि सभापति शेरबहादुर देउवाले नेता कृष्णप्रसाद सिटौलालाई निवासमै बोलाएका छन् ।

कांग्रेस स्रोतका अनुसार देउवा र सिटौलाबीच आज दिउसो भेटवार्ता हुँदैछ । देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार आज दिउँसो तीन बजे देउवा र सिटौलाबीच बूढानीलकण्ठमा छलफल हुन लागेको हो ।

शुक्रबार संस्थापन इतर पक्षमा सभापति आकांक्षी देखिएका नेताहरुबीच छलफल भएपछि देउवाले आफ्नो छुट्टै तयारी थालेका छन् । त्यहि तयारी अनुसार सिटौलासँग संवाद गर्न खोजेको बताइन्छ ।

पार्टीको १४ औं महाधिवेशनमा आफू सभापतिमा लड्ने तर त्यसका लागि सहयोगको आग्रहबारे छलफल गर्न देउवाले सिटौलालाई आफ्नो निवासमा बोलाएको बुझिएको छ । शुक्रबार देउवा भर्सेस संस्थापन इत्तर पक्षको एकल उम्मेदवार बाउने उद्देश्यसहितको छलफलमा सिटौला पनि सहभागी थिए । त्यसैले पनि इतर समूह भाँड्न देउवाले सिटौलालाई बोलाएको स्रोतको दाबी छ

देउवाले सिटौलालाई निवासमै बोलाए कुराकानी गर्नु खोज्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।