माधव नेपालले जनाए आपत्ति, मस्यौदा नै फिर्ता पठाए - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

माधव नेपालले जनाए आपत्ति, मस्यौदा नै फिर्ता पठाए



काठमाडौं- नेकपा एमालेको विवाद समाधान गर्न लामो समयदेखि प्रयासरत कार्यदलले तयार पारेको मस्यौदामा एमाले वरिष्ठ नेता माधव नेपालले आपत्ति जनाएका छन् ।कार्यदलले तयार पारेको मस्यौदाभित्र अदालतलाई प्रभावित पार्ने शब्द प्रयोग भएको भन्दै उनले आपत्ति जनाएका हुन् ।

लामो समय लगाएर तयार पारेको मस्यौदामा सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने शब्दावली राखिएको भन्दै नेपालले मस्यौदा नै फिर्ता पठाएको स्रोतले बताएको छ । शनिबार कार्यदलले तयार पारेको मस्यौदा लिएर आइतबार बिहान नेताहरू नेपाल निवास कोटेश्वर पुगेका थिए ।

सहमति जुटाउन आइतबार बिहान नेपाल निवास कोटेश्वर पुगेका नेपाल पक्षका कार्यदल सदस्यहरुसंग नेपालले मस्यौदामा रहेको एक शब्दावलीमा असहमति जनाएपछि उनीहरु सिंहदरबार फर्किएका थिए ।

सिंहदरबारमा अहिले यही विषयमा कार्यदलले छलफल गरिरहेको छ । अदालतलाई प्रभावित बनाउने वा हस्ताक्षर फिर्ता गर्ने दुबै सर्त आफूले नमान्ने नेता नेपालले यसअघि नै बताउँदै आएका थिए ।