रामचन्द्र पौडेलले सभापतिको दाबेदारी छोड्ने - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

रामचन्द्र पौडेलले सभापतिको दाबेदारी छोड्ने



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिको उम्मेद्वारी छोड्ने भएका छन् । उनले पार्टी नेतृत्व परिवर्तन हुनु अत्यावश्यक रहेको बताउँदै आवस्यक परे आफू पनि सभापतिमा नउठ्ने बताए ।

शनिबार क्रियाशील सदस्य छानविन समितिले गरिरहेको कामको अवलोकन गर्न पुग्नुभएका नेता सभापति शेरबहादुर देउवाको नेतृत्व परिर्वतन गर्नुपर्ने आवश्यकता रहेको बताए । वर्तमान सभापतिको नेतृत्व परिर्वतन व्यक्ति परिवर्तन मात्र नभएर प्रवृत्तिको परिवर्तन पनि भएकोले आसन्न महाधिवेशनले नेतृत्व परिवर्तन गर्ने उनको भनाइ छ ।

आगामी नेतृत्व लिने व्यक्तिको लागि आफ्नो समूहबाट साझा उम्मेदवार बनाउने कोसिस भइरहेको पनि नेता पौडेलले बताए । अहिले आफूले पनि दाबी गरिरहेको सभापति पदमा अर्को व्यक्तिलाई सर्मथन गर्न आफू तयार रहेको उनको भनाइ छ । तर, आफूले कसैलाई छोड्नु अगाडि चित्तबुझ्दो कारण चाहिने उनको तर्क थियो ।

महाधिवेशनको लागि आवश्यक आधारको रूपमा रहेको क्रियाशील सदस्यताको विवाद असार मसान्त भित्र टुंगिने विश्वास आफूले लिएको उनले बताए । भदौ २३ अगाडि पार्टीको महाधिवेशन नगरे संविधान विपरित हुने र पार्टीमाथि नै प्रश्न चिन्ह खडा हुने भएकाले तोकिएको मितिमा महाधिवेशन गर्नुको विकल्प नभएको नेता पौडेलको भनाइ छ ।