सर्वोच्चको फैसला र एमालेको मिलन अगाडी प्रचण्डको अर्थपूर्ण दौडधुप - Himal Post Himal Post
  • ७ माघ २०८१, सोमबार
  •      Mon Jan 20 2025
Logo

सर्वोच्चको फैसला र एमालेको मिलन अगाडी प्रचण्डको अर्थपूर्ण दौडधुप



काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दौडधुप बढाएका छन् । सर्वोच्च अदालतले संसद विघटनविरुद्धको मुद्दामा फैसला गर्ने तयारी गरेको र नेकपा एमालेका दुई समूह मिल्न लागेका बेला प्रचण्डले आफ्नो व्यस्तता बढाएका हुन् ।

यहि २८ असारमा सर्वोच्चले फैसलाको तयारी गरेको छ भने एमालेको एकता तत्काल हुने सम्भावना देखिएको छ । एमालेको एकताले सर्वोच्च अदालतको फैसलामा फरक पार्ने हुँदा एमालेलाई तत्काल मिलाउनुपर्ने ओलीको बाध्यताका कारण आफू लचिलो भएरै पनि एमाले मिलाउने अभियानमा ओली लागेका छन् । यस्तो अवस्थामा भएको प्रचण्डको दौडधुपलाई अर्थपूर्ण मानिएको छ ।

उनले विहान एमालेका वरिष्ठ नेता माधव नेपालसँग भेट गरेका थिए । अहिले उनी कांग्रेस सभापति शेरवहादुर देउवाको निवास वुढानिलकन्ठ पुगेका छन् । नेपालसाग प्रचण्डले के एमाले मिल्नै लागेको हो ? भन्ने प्रश्न गरेका थिए । झण्डै ढेड घण्टा नेपालसग एमालेभित्रको आन्तरिक क्एता, कांग्रेस, माओवादी केन्द्र लगायत विपक्षी गठवन्धनको मोर्चावन्दी लगायतका विषयमा केन्द्रीत रहेर छलफल गरेका थिए ।

त्यसक्रममा नेपालले आफुले सर्वोच्च अदालतको हस्ताक्षर फिर्ता लिने या त्यसको निर्णय प्रभावित हुने गरी अन्यत्र थप कुनै कदम नचाल्ने वचनवद्दता आज पनि प्रचण्डलाई दिएका थिए । नेपालको वलियो वचनवद्धताको खोजीमा नेपाल निवास पुगेरै छलफल गरेका प्रचण्ड नेपालसँगको छलफलका बारेमा जानकारी दिने र आगामी थप रणनीतिका बारेमा छलफल गर्नका लागि अहिले देउवानिवास पुगेका हुन् ।

प्रधानमन्त्री केपी ओलीले अहिले विपक्षी गठवन्धनमै रहेका नेपाल समुहका नेताहरुलाई फकाउने र विपक्षी गठवन्धनबाट अलग्याउने कसरत गरेपछि कांग्रेस-माओवादी एमालेभित्रको आन्तरिक विवाद समाधानको पाटो कसरी जान्छ ? भनेर नजिकवाट नियालिरहेका छन् ।

अहिले एमाले विवाद सहमति नजिक रहेको भनिएका बेला नेपालको आगामी थप रणनीति के होला ? भन्नेमा सवैभन्दा चासो प्रचण्ड र देउवाले देखाईरहेका छन् । त्यही क्रममा नेपालसागको छलफल पछि निवास फर्केका प्रचण्ड यतिवेला देउवा निवास वुढानिलकन्ठ पुगेका हुन् ।