झलनाथको उपचार खर्चमा ओलीको राजनीति: सर्वत्र विरोध - Himal Post Himal Post
  • ७ माघ २०८१, सोमबार
  •      Mon Jan 20 2025
Logo

झलनाथको उपचार खर्चमा ओलीको राजनीति: सर्वत्र विरोध



काठमाडौं- एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेपछि यसको सर्वत्र विरोध भैरहेको छ । केही दिन अघि बसेको मन्त्रिपरिषद् बैठकले खनालको समपूर्ण उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको थियो ।

तर यसभन्दा अघि प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता खनालको उपचार खर्च नेकपा एमाले पार्टीले बेहोर्ने घोषणा गरेका थिए । त्यसलगत्तै नको खर्च सरकारले बेहोर्ने भन्दै मन्त्रिपरिषद्ले निर्णय गरेपछि यसको थप विरोध भैरहेको छ ।

मृगौलामा समस्या देखिएर स्वस्थ्य अवस्था जटिल बन्दै गएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएका उनलाई अवस्था थप जटिल बनेपछि तहाँबाट निकालेर भारतको अपोलो अस्पताल पुर्‍याइएको थियो । उनको अहिले त्यही उपचार भइरहेको छ ।

एमालेमै धनाड्य नेताको रूपमा चिनिएका, खरबौँको ब्यापार भएका र राज्यबाट विभिन्न सुबिधा लिईरहेका कारण खनालको उपचार खर्च सरकारले बेहोर्नु ठिक नभएको भन्दै सामाजिक संजाल रंगिएका छन् । जनताले सार्वानिक रूपमै यस बिषयको आलोचना गरिरहेका छन् ।

तर कतिपयले भने यो बिषयलाई प्रधानमन्त्री केपी शर्मा ओलीको कुटनीतिका रूपमा लिएका छन् । उपचार खर्चका नाममा ओलीले राजनीति गरेको बताएका छन् । सत्तारुढ एमालेकै नेता भए पनि उनी प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीका गतिविधिविरुद्ध संघर्ष गरिरहेको वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा थिए । अहिले नेता नेपाललाई फकाउनु पर्ने भएकाले खनालको सम्पूर्ण उपचार खर्च व्यहोर्ने निर्णय गरेका हुन् । यसले कुरा गर्न केही सहज हुने नेताहरू बताउँछन् ।

मुख्यसचिव शंकरदास बैरागीले विज्ञप्ति जारी खनालको उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले व्यहोर्ने निर्णय गरेको जनाएका छन् । “पूर्वप्रधानमन्त्री झलनाथ खनालको दिल्लीस्थित अपोलो अस्पतालमा उपचारका क्रममा लागेको सम्पूर्ण खर्च नेपाल सरकारले बेहोर्ने । उक्त खर्च अर्थ मन्त्रालयले परराष्ट्र मन्त्रालयको नाममा निकासा दिने र परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूतावासमार्फत् भुक्तानी गर्ने व्यवस्था गर्ने ।” बैरागीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसअघि एमाले अध्यक्ष रहेका ओलीले खनालको उपचार खर्च पार्टी बेहोर्ने निर्णय गरेका थिए ।