सचिवमा बढुवा भए कृष्णहरि पुस्कर
काठमाडौँ- सहसचिव कृष्णहरि पुस्कर सचिवमा बढुवा भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पुस्करलाई सहसचिवबाट सचिवमा बढुवा गरेको हो ।
यसअघि लोकसेवा आयेगले प्रशासन तर्फको १ सचिवका लागि ३ जना सहसचिवको नाम सिफारिस गरेको थियो । आयोगद्वारा गठित समितिले तीन जना सहसचिवको नाम सिफारिस गरेको हो ।
समितिबाट सिफारिस हुनेमा कृष्णहरि पुस्कर, खगेन्द्र नेपाल र किरण राज शर्मा रहेका थिए । उक्त सिफारिस गर्ने समितिमा आयोगका अध्यक्ष संयोजक रहेका छन् ।
आयोगको उक्त समितिमा पाँच सदस्य छन् । जसमा आयोगका अध्यक्ष, आयोगले तोकेको वरिष्ठ सदस्य, मुख्यसचिव, सामान्य प्रशासन मन्त्रालयका सचिव र एकजना विज्ञ रहन्छन् । यो समितिको सिफारिस भएका सहसचिव मध्ये एकजनालाई मन्त्रिपरिषद्ले सचिव बनाउनुपर्ने कानुनी प्रावधान छ ।