नायिका जेनी कुवँरद्वारा आत्महत्या: यस्तो रहेछ कारण

काठमाडौं- नेपाली नायिका जेनी कुँवरले आत्महत्या गरेकी छिन्। थापागाउँस्थित सनराइज सिटि अपार्टमेन्टमा बस्दै आएकी कुँवर बिहीबार साँझ झुण्डिएको अवस्थामा भेटिएकी हुन्।
बानेश्वर घर भएकी कुँवर अपार्टमेन्टमा एक्लै बस्दै आएकी थिइन्। केही समय कलाकारितामा लागेकी कुँवर पछिल्लो समय धार्मिक क्रियाकलापमा संलग्न थिइन्। पशुपती मन्दिर क्षेत्र परिसरमा गरेको गतिविधीका कारण कुँवर बारम्बार विवादमा आएकी थिइन्।
प्रहरीले कुवँरको आत्महत्याको कारण डिप्रेसन भएको जनाएको छ । प्रारम्भिक अनुसन्धानमा उनको आत्महत्या डिप्रेसनको कारण भएको पाइएको प्रहरी निरिक्षक न्यौपानेले जानकारी दिए ।

घटनापछि प्रहरीले कुवँरका श्रीमान मनबहादुरसँग सोधपुछ गरेको थियो । उनका श्रीमानले प्रहरीलाई दिएको बयान अनुसार एकवर्षदेखि जेनी डिप्रेसनमा थिइन् र औषधि सेवन गरिरहेकी थिइन् ।
६ महीना बिपस्यानामा बसेकी जेनीको मानसिक अवस्था पनि कमजोर भएको थियो । आत्महत्या घटना ८ बजेतिर भएको हुनसक्ने र त्यतिबेला आफू चावहिलतिर कामले गएको मनबहादुरले प्रहरीलाई दिएको बयानमा उल्लेख छ ।

