अन्तिम दिनको बहसमा प्रधानन्यायाधीशले सोधे अर्थपूर्ण प्रश्न - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

अन्तिम दिनको बहसमा प्रधानन्यायाधीशले सोधे अर्थपूर्ण प्रश्न



काठमाडौं- संसद विघटनविरुद्ध सर्वोच्च अदालतको संविधानक ईजलासमा आज अन्तिम अहस भैरहेको छ । बहसकै क्रममा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले वरिष्ठ अधिवक्ता हरिहर दाहाललिई अर्थपूर्ण प्रश्न गरेका छन्।

संविधानको धारा ७६ (५) मा केन्द्रित बहसमा रिट निवेदकका तर्फबाट सोमबार जवाफी बहसको सुरुआत गरेका वरिष्ठ अधिवक्ता दाहालले संविधानको धारा ७६ मा २ अनुसारनै दल चाहिने हो भने उपधारा ५ किन राख्ने? भन्दै प्रश्न गरेपछि प्रधानन्यायाधीश राणाले उनलाई प्रश्न गरेका छन्।

‘किन चाहियो यो उप धारा ५ ? शेरबहादुर देउवाको दाबी मात्र संविधान सम्वत हो, अरुको छैन’ दाहालले यस्तो जिकिर गरेसँगै प्रधानन्याधीश राणाले प्रश्न गर्दै भने, ‘धारा ७६(५) को व्यवस्था प्रधानमन्त्री नियुक्तका लागि मात्र हो कि अरु पनि छ? वाँकी अवधि पूरा हुनका लागि हो कि, सार्थकता दिन्छ जस्तो लाग्छ?’

दाहालको जवाफ थियो, ‘यही लाग्छ भनेर हामी आएको हो। अघिल्लो पटक वैकल्पिक सरकार बन्छ।’

त्यसपछि राणाले अहिले एमाले नभइ सरकार बन्ने देखिन्छ भन्दै प्रश्न गरे। ‘पहिलो विघटनमा विकल्पमा सरकार बन्ने देखेर बदर गरेको हो। अहिले त एमाले नभई सरकार बन्ने देखिँदैन, देखिन्छ?’ राणाको प्रश्न थियो।

जवाफमा दाहालले भने, ‘अहिले कांग्रेसको मात्र छैन, माओवादी, जनमोर्चा छ। एमालेकै मानिसले वैकल्पिक सरकार बनाउने भनेका छन्। अदालतले संविधान बचाउने कुरा अहिले सोच्ने हो।’