संसद विघटनविरुद्धको मुद्दा: सभामुखका अधिवक्ताले दुई घण्टा बहस गर्दै - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

संसद विघटनविरुद्धको मुद्दा: सभामुखका अधिवक्ताले दुई घण्टा बहस गर्दै



काठमाडौं– प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज सभामुख अग्निप्रसाद सापकोटा तर्फका कानुन व्यवसायीले बहस गर्दैछन्।

लगातार भैरहेको बहसमा प्रधानमन्त्री केपी शर्मा ओलीका कानुन व्यवसायीको बहस सकाएका छन् । आज २ घण्टा सभामुख सापकोटा तर्फका कानुन व्यावसायीले बहस गर्न लागेका हुन्।

सभामुखका कानुन व्यवसायीलाई बहसका लागि दुई घण्टाको समय तोकिएको छ। त्यसपछि एमिकस क्युरीका लागि दुई घण्टा र प्रत्युत्तरमा निवेदकपक्षका लागि तीन घण्टाको समय दिइने छ। एमिकस क्युरीमा रहेका चार सदस्यले ३०/३० मिनेट गरेर जम्मा दुई घण्टाको समय पाएका छन्।

शुक्रवारसम्म प्रतिनिधिसभा विघटनविरुद्ध रिट निवेदन दायर गर्नेतर्फबाट ३६ जना, सरकारी वकिलबाट ११ जना र प्रधानमन्त्री केपी शर्मा ओलीकातर्फबाट वरिष्ठ अधिवक्ताहरु अग्नि खरेल, सुशील पन्त, सुरेन्द्र भण्डारीलगायतले बहस गरेका थिए।