राप्रपाका ५ सय ७८ नेता कार्यकर्ता कांग्रेसमा प्रवेश - Himal Post Himal Post
  • ८ पुष २०८२, मंगलवार
  •      Tue Dec 23 2025
Logo

राप्रपाका ५ सय ७८ नेता कार्यकर्ता कांग्रेसमा प्रवेश



काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छाडेर कांग्रेस प्रवेश गर्नेहरूको लर्को लागेको छ । राप्रपाका केन्द्रीय सदस्य श्याम लामासहित ५ सय ७८ नेता कार्यकर्ताहरु एकैपटक नेपाली काँग्रेस प्रवेश गरेका छन्।

काँग्रेस प्रवेश गर्नेहरूमा केन्द्रीय सदस्य श्याम लामासहित धादिङ निर्वाचन क्षेत्र १ का क्षेत्रीय अध्यक्ष सानुराम घले, जिल्ला कार्यसमिति सदस्य तथा धुनीबेंसी नगर प्रमुखका प्रत्याशी दिपक रुपाखेती, थाक्रेका बिनोद लामा, समानुपातिकतर्फ प्रदेशसभा सदस्य उम्मेदवार मनिता तामाङ, पिडागाउँ समिति अध्यक्ष विजय भण्डारी, क्षेत्रीय सदस्य प्रबिण तामाङ, क्षेत्रीय सदस्य धर्म खतिवडासहित धादिङका ५ सय ७८ जना नेता तथा कार्यकर्ता रहेका छन् ।

बिहीबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा ४१ जना राप्रपाका नेता कार्यकर्ता उपस्थित थिए भने अन्यलाई धादिङमै कार्यक्रम गरी औपचारिक रुपमा पार्टी प्रवेश गर्ने बताइएको छ । पार्टी प्रवेश कार्यक्रममा कांग्रेस सहमहामन्त्री प्रकाशशरण महत र राप्रपाबाट कांग्रेसमा आएका काँग्रेस सहमहामन्त्री सुनिल थापा पनि उपस्थित थिए ।

कांग्रेस प्रवेश गर्नेहरूलाई सभापति देउवा, सहमहान्त्री महत र थापाले स्वागत गरेका थिए।