एमालेलाई २०७५ जेठ २ मा फर्काउने ओली समुहको औपचारिक निर्णय
काठमाडौं- नेकपा एमाले केपी शर्मा ओली पक्षले पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउने औपचारिक निर्णय गरेको छ ।
मंगलबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो । बैठकले आगामी बिहिबार जेठ २ गते पहिलाको केन्द्रीय समिति बैठक बोलाउने समेत निर्णय गरेको छ ।
पार्टीका प्रवक्ता प्रदिप ज्ञवालीका अनुसार माधव नेपाल पक्षको माग अनुसार हालको महाधिवेसन आयोजक कमिटी भंग गरेर पुरानो केन्द्रीय समिति ब्यूँताउने एमालेले निर्णय लिएको हो ।