किन गर्दैछन् सभामुखले सम्पादकहरुसँग छलफल ? - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

किन गर्दैछन् सभामुखले सम्पादकहरुसँग छलफल ?



काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले आज विभिन्न संचारमाध्यमका सम्पादकहरुसँग छलफल गर्दैछन्। प्रतिनिधिसभा विघटन मुद्दामा सर्वोच्चमा बहस जारी रहेको बेला उनले सम्पादकहरुसँग छलफल गर्न लागेका हुन्।

यसअघि, सभामुख सापकोटाले संसद् विघटनपछि संविधानविद्हरुसँग परामर्श गरेका थिए । सभामुख सापकोटाले संसद विघटनपछि विभिन्न विकल्प र विशेषाधिकारबारे परामर्श गर्दै आइरहेका छन् ।

आज दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा छलफल गर्ने कार्यक्रम रहेको सभामुखको सचिवालयले जनाएको छ ।