सबै धारामा एकै व्यक्ति प्रधानमन्त्री बन्ने व्यवस्था संविधानमा छैन: भीमार्जुन आचार्य - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

सबै धारामा एकै व्यक्ति प्रधानमन्त्री बन्ने व्यवस्था संविधानमा छैन: भीमार्जुन आचार्य



काठमाडौं– संसद विघटनविरुद्धको मुद्दामा अहिले सर्वोच्च अदालतको संवैधानिक इजलासमा अहिले बहस भैरहेको छ । निवेदक तर्फका अधिवक्ताले आज बहस सकाउने सम्भावना छ ।

बहसमा संविधानविद् डा. भिमार्जुन आचार्यले एउटा व्यक्ति एकै कार्यकालमा संविधानको सबै धारा प्रयोग गरेर प्रधानमन्त्री हुने व्यवस्था संविधानमा नभएको तर्क गरेका छन् । संवैधानिक इजलासमा बहस गर्दै अधिवक्ता आचार्यले एउटा व्यक्तिले एउटै कार्यकालमा संविधानका सबै धारा अनुसार प्रधानमन्त्री हुन पाउने भन्ने कहीँ नलेखेको जिकिर गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ को उपधारा (४) को प्रावधान अनुसार ३० दिनभित्र संसदमा विश्वासको मत लिनैपर्ने आचार्यले जिकिर गरेका छन् । धारा ७६ (४) को प्रक्रिया हाउसमा पूरा नगरीकन अर्को प्रक्रियामा जान नपाइने व्यवस्था संविधानले गरेको उनको दाबी छ ।

धारा ७६ को उपधारा (५) अनुसार दलीय निर्देशन (ह्वीप) नलाग्ने दाबी गर्दै उनले भने, ‘राजनीतिक दलसम्बन्धी ऐन अनुसार ह्वीप उल्लंघन गरे पनि दल त्याग गरेको मानिँदैन ।’ प्रधानमन्त्री नियुक्तिबारे राष्ट्रपतिले संविधान बाहिर गएर निर्णय गर्न नमिल्ने उल्लेख गर्दै आचार्यले एकपछि अर्को प्रक्रिया अभ्यासगत रुपमा प्रतिनिधिसभामै हुनुपर्ने जिकिर गरे ।