इजलासमै जबराको प्रश्न: यो त जिस्क्याएको जस्तै भएन र ? - Himal Post Himal Post
  • ८ पुष २०८२, मंगलवार
  •      Tue Dec 23 2025
Logo

इजलासमै जबराको प्रश्न: यो त जिस्क्याएको जस्तै भएन र ?



काठमाडौं । संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्ध सुनुवाई भैरहेको छ । शेरबहादुर देउवासहितको मुद्दामा सुनुवाइ भइरहेका बेला प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले अदालतलाई जिस्काएजस्तो भएको बताएका छन् ।

संसद विघटन सम्बन्धी मुद्दाको संवैधानिक इजलासमा भइरहेको विषय केन्द्रीत बहसको क्रममा आइतबार प्रधानन्यायाधीश जबराले अधिवक्ताहरुलाई लामो र विषयवस्तु आउने गरि बहस गर्न भनेका हुन्।

निवेदकको तर्फबाट बहस गर्ने क्रममा अधिवक्ताहरुले निकै छोटो समय मात्रै लिए पछि प्रधानन्यायाधीश जबराले भने, ‘पाँच मिनेटमा त के नै आउँछ र अदालतलाई जिस्क्याएको जस्तै भयो। अलि विषय बस्तु आउने गरि बहस गर्नु होला।’ आजको सुनुवाइमा बहस गर्न उभिएकी अधिवक्ता सविता भण्डारीलाई प्रधानन्यायाधीशले यो त जिस्काए जस्तो भयो । बहसमा उभिएर जाने हो र ? यति समयमा के बहस गर्नुहुन्छ ? भन्ने प्रश्न राखेका थिए ।

प्रतिनिसिभा विघटन विरुद्ध १४६ जना सांसदले दायर गरेको रिटमााथि आइतबार निवेदक पक्षको बहस सकिँदैछ। सुरुवाती बहसका लागि निवेदक पक्षले संवैधानिक इजलासमा पाएको १२ घण्टामध्ये अब दुई घण्टा ३५ मिनेट बाँकी बाँकी छ। जवाफी बहसका लागि थप तीन घण्टा उपलब्ध गराइएको छ।