एमाले बैठक सकियो, यस्तो भयो निर्णय - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

एमाले बैठक सकियो, यस्तो भयो निर्णय



काठमाडौं- नेकपा एमालेको स्थायी कमिटिको बैठक सकिएको छ । बैठकले दशौं महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउने निर्णय गरेको छ। बैठक असार १६ गते काठमाडौंमा बोलाएको हो।

बालुवाटारमा बसेको नेकपा एमालेको स्थायी कमिटीको बैठकले महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउने निर्णय गरेको एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए।

‘पछिल्लो राजनीतिक स्थिति, कोभिड–१९ र प्राकृतिक प्रकोपका विषयमा छलफल भएको छ,’ उनले भने, ‘थप निर्णय महाधिवेशन आयोजक कमिटीको बैठक बसेर निर्णय गर्छौं।’

प्रवक्ता ज्ञवालीले महाधिवेशन आयोजक कमिटीका विषयमा सर्वोच्च अदालतको जेठ २७ गते आएको फैसला त्रुटिपूर्ण भएको बताए।

पार्टी एकताका विषयमा नेतृत्वको तर्फबाट प्रयास जारी रहेको भन्दै छलफल र संवाद जारी रहेको बताए।