सर्वोच्चले पुनर्बहाली गरेका तीन सांसदलाई एमालेद्वारा फेरी कारबाही - Himal Post Himal Post
  • ५ फाल्गुन २०८२, मंगलवार
  •      Tue Feb 17 2026
Logo

सर्वोच्चले पुनर्बहाली गरेका तीन सांसदलाई एमालेद्वारा फेरी कारबाही



काठमाडौं- सर्वोच्च अदालतले पुनर्बहाली गरेका एमाले कर्णाली प्रदेशका चार सांसदमध्ये तीनजनालाई पार्टीले फेरि निलम्बन गरेको छ । उनीहरूलाई नेकपा एमाले संसदीय दलको निर्णय अनुसार प्रदेश सभा सचिवालय उनीहरुलाई निलम्बित गरेको हो ।

उनीहरूले माओवादी नेतृत्वको सरकार जोगाउन फ्लोर क्रस गरेर विश्वासको मत दिएका थिए । भौतिकमन्त्री अम्मरबहादुर थापा, उद्योगमन्त्री नन्दसिंह बुढा र भुमिमन्त्री कुर्मराज शाहीलाई निललम्वन गरिएको जनाएको छ ।

सचिवालयले जारी गरेको सुचनामा भनिएको छ, ‘नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशको वैठकको निर्णयअनुसार माननीय अम्मरबहादुर थापा, माननीय कुर्मराज शाही, मानननीय नन्दसिंह बुढाले नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशको निर्णयको पालना नगरेकोले एक महिनाका लागि नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशको संसदबाट निलम्वित गरिएको भनि प्रदेश सभा सचिवालय कर्णाली प्रदेशलाई जानकारी प्राप्त भएकोले सोही व्यहोरोको सूचना सम्वन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको छ ।’

यसअघि पनि उनीहरुलाई सांसदबाट निलम्बन गर्दा सर्वोच्च अदालतले पुनर्बहाली गरिदिएको थियो । फ्लोर क्रस गर्ने अर्का सांसद प्रकाश ज्वालालाई भने निलम्बन गरिएको छैन ।