शंकर पोखरेलले भने: प्रचण्डको अर्को कामना पनि पुरा भयो - Himal Post Himal Post
  • ५ फाल्गुन २०८२, मंगलवार
  •      Tue Feb 17 2026
Logo

शंकर पोखरेलले भने: प्रचण्डको अर्को कामना पनि पुरा भयो



काठमाडौं- लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा एमालेका नेता शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अर्को कामना पनि पुरा भएको बताएका छन् । उनले पूर्व राजालाई गुहार्ने बाँकी काम पनि प्रचण्डले पूरा गरेको टिप्पणी गरेका छन् ।

पोखरेलले राजनीतिक प्रतिस्पर्धामा आफूलाई अग्लो देखाउन पूर्वराजालाई गुहार्न बाँकी रहेको र त्यो काम बिहीबार प्रचण्डले पूरा गरेको भनेका छन्।

पोखरेलले लेखेका छन्, ‘राजनीतिक प्रतिस्पर्धामा आफुलाई अग्लो देखाऊन पूर्व राजालाई गुहार्न बाँकी थियो, हिजोवाट त्यो पनि पूरा भएछ । राजनीतिलाई अराजनीतिक बनाउने खेल अब के बाँकी रह्यो र ?’

बिहीबार सम्पादकहरुसँगको अन्तरक्रियामा अध्यक्ष प्रचण्डले ‘अहिलेको राष्ट्रपति संस्थाभन्दा त उति बेलाका राजा नै ठीक’ भनेका थिए।

राष्ट्रपति विद्यादेवी भण्डारीले इज्जत, मान र प्रतिष्ठा गुमाएको उल्लेख गर्दै उनले अहिलेको राष्ट्रपति संस्थाभन्दा राजा नै ठीक रहेको बताउँदै भनेका थिए, ‘कमसेकम राजाको सान त थियो।’ प्रचण्डको यो अभिव्यक्तिप्रति लक्षित हुँदै पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राजनीतिक प्रतिस्पर्धामा आफूलाई अग्लो देखाउन पूर्व राजालाई गुहार्न बाँकी थियो, हिजोबाट त्यो पनि पूरा भएछ। राजनीतिलाई अराजनीतिक बनाउने खेल अब के बाँकी रह्यो र?’