भारतले भन्यो: मागेजति मल नेपाल पठाउन सकिन्न - Himal Post Himal Post
  • ५ फाल्गुन २०८२, मंगलवार
  •      Tue Feb 17 2026
Logo

भारतले भन्यो: मागेजति मल नेपाल पठाउन सकिन्न



काठमाडौं- भारतले नेपाल सरकारलाई मागेजति रासायनिक मल नदिने जानकारी पठाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सरकार–सरकार (जीटुजी)मार्फत रासायनिक मल खरिद गर्ने सम्झौताको मस्यौदा भारतलाई पठाउँदा भारतले सो जानकारी दिएको हो ।

भारतसँग जीटुजीमार्फत मल खरिद गर्न भनि मन्त्रिपरिषद्ले कृषि मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएपछि सम्झौताका लागि भारतलाई अन्तिम मस्यौदा पठाएको थियो ।

परराष्ट्र मन्त्रालयमार्फत पठाएको सो पत्रको जवाफ आइसकेको कृषि मन्त्रालयले जनाएको छ । कृषि मन्त्रालयले भारत सरकारसँग जीटुजीमार्फत पाँच वर्षका लागि मल खरिद गर्ने सम्झौता गर्न लागेको हो ।

कृषि मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरेका अनुसार पहिलो वर्ष एक लाख १० हजार मेट्रिक टन, दोस्रो वर्ष एक लाख २५ हजार मेट्रिक टन, तेस्रो वर्ष एक लाख ४० हजार मेट्रिक टन गर्दै पाँचौँ वर्षमा दुई लाख १५ हजार मेट्रिक टन मल खरिद गर्ने प्रस्ताव गरिएको छ तर भारतले यो मात्रामा मल दिन नसकिने भन्दै मात्रा घटाउन आग्रह गर्दै पत्र पठाएको छ