कर्णालीका मुख्यमन्त्री शाहीलाई कालो झण्डा: झडपमा प्रदर्शनकारी घाइते
सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई कालिकोटमा कालो झण्डा देखाइएको छ ।मुख्यमन्त्री शाहीसँग भूमी, व्यवस्था, कृषि, सहकारीमन्त्री कुर्मराज शाहीपनि सँगै रहेका थिए ।
नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका कार्यकर्ताले मुख्यमन्त्री शाही र कृषिमन्त्री शाहीलाई कालोझण्डा देखाएर विरोध गरेका हुन् ।
सरकारी बजेटको दुरुपयोग गरी हेलिकप्टर चढेर जिल्ला आएको भन्दै मुख्मन्त्री र मन्त्रीलाई विद्यार्थीहरुले कालोझण्डा देखाएर विरोध गरेका हुन् ।स्थानीय तहको बजेटसभामा सहभागी हुन कालीकोट पुगेका उनीहरूलाई कालो झण्डा देखाएर विद्यार्थीहरूले प्रदर्शन गरेका थिए ।
प्रदर्शनका क्रममा प्रहरीसँग सामान्य झडप हुँदा केहि प्रदर्शनकारी घाइते भएका छन् ।