सर्वोच्चमा बहस: ७६ (५) को सरकार बनाउन दलको समर्थन नचाहिने वरिष्ठ अधिवक्ताको दाबी - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

सर्वोच्चमा बहस: ७६ (५) को सरकार बनाउन दलको समर्थन नचाहिने वरिष्ठ अधिवक्ताको दाबी



काठमाडौं- सर्वोच्च अदालतको संवैधानिक इजलासमा अहिले संसद विघटनविरुद्धको मुद्दामा बहस भैरहेको छ । बुधबारबाट प्रतिनिधि सभा विघटन सम्बन्धी रिटमाथि निरन्तर बहस हुनेछ ।

अदालतको बहस रोचक बन्दै गएको छ । वरिष्ठ अधिवक्ता महादेव यादवले संविधानको धारा ७६ को उपधारा ५ अनुसारको प्रधानमन्त्री बन्नका लागि दलको समर्थन नचाहिने तर्क गरेका छन् ।

संसद विघटनविरुद्ध काँग्रेस सभापति सेयर बहादुर देउवा लगायतको रिट निवेदनमाथि बहसमा गर्दै उनले संविधानको धारा ७२ को उपधारा ३ सम्म दलको समर्थनको कुरा आउने भएपनि उपधारा ५ मा त्यस्तो व्यवस्था नरहेको जिकिर गरे ।

उनले भनेका छन्, ‘धारा ७६ को उपधारा ३ सम्म दलको समर्थनको कुरा आउँछ । तर, उपधारा ५मा दलको समर्थन चाहिँदैन । संविधानको धारा ७६(२) बमोजिमको कुनै सदस्य भनेको हुनाले त्यहाँ दलको समर्थन संविधानले खोजेको छैन। ७६ को उपधारा ५ अनुसार सरकार गठन हुन दलको ह्विप लाग्दैन ।’