अधिवक्ता बन्दीको प्रश्न: विश्वास गुमाएका ओलीले त्यही पदमा दावी गर्न मिल्छ र श्रीमान ?
काठमाडौं- काठमाडौं- प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा आजदेखि सर्वोच्च अदालतमा अन्तिम सुनुवाइ सुरु भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवासमेत विघटित संसदका १ सय ४६ सदस्य निवेदक रहेको मुद्दामाथि अन्तिम सुनुवाइ थालिएको हो ।
अहिले देउवा पक्षका कानुन व्यवसायीले बहस गरिरहेका छन् ।रिट निवेदकको तर्फबाट बहस गर्दै अधिवक्ता गोविन्द बन्दीले केही संवैधानिक प्रश्नको उत्तर खोजेका छन् । उनले राष्ट्रपतिले संवैधानिक सीमा नाघेको समेत बताएका छन् ।
उनले राष्ट्रपतिले संविधान मिचेरै भएपनि केपी ओली बाहेक कसैलाई प्रधानमन्त्री बनाउन नचाहेको आरोप समेत लगाए । उनले संसदमा विश्वास गुमाएको प्रधानमन्त्रीले पुन: त्यही पदमा दावी गर्न मिल्छ कि मिल्दैन ? भनी उनले प्रश्न गरेका छन् ।
राजनीतिक दलसम्बन्धी ऐनको भविष्यमा आकर्षित हुने व्यवस्थाको परीक्षण गर्ने अधिकारी राष्ट्रपतिलाई नभएको भन्दै बन्दीले भने- ‘जुन प्रधानमन्त्रीलाई संसदले विश्वासको मत दिएन त्यो प्रधानमन्त्रीले त्यही संसद विघटन गर्न कसरी पाउँछ ?’