नयाँ रणनीति बनाउन ओलीले डाके आफू निकट नेताहरूलाई बालुवाटार - Himal Post Himal Post
  • ५ फाल्गुन २०८२, मंगलवार
  •      Tue Feb 17 2026
Logo

नयाँ रणनीति बनाउन ओलीले डाके आफू निकट नेताहरूलाई बालुवाटार



काठमाडौं- सर्वोच्च अदालतले २० जना मन्त्रीहरू बर्खास्त गर्नेगरी आदेश गरेपछि प्रधानमन्त्री तथा एमालेका अध्यक्ष आगामी रणनीति बनाउन लागि परेका छन् । सर्वोच्चको आदेशले समस्यामा परेको प्रधानमन्त्री ओलीले आफूपक्षीय नेतालाई बालुवाटार बोलाएका छन्।

बुधबार बिहान १० बजेपछि बस्ने भनि नेताहरूलाई खबर गरिएको छ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ। अनौपचारिक रुपमा बोलाइएको उक्त बैठकमा सर्वोच्चको कदमपछिको राजनीतिक अवस्थाबारे छलफल हुने बताइएको छ।

मंगलबार साँझ मन्त्रीबाट पदमुक्त भएकाहरूलाई बोलाएर प्रधानमन्त्री ओलीले छलफल गरेका थिए । बालुवाटारमा निवर्तमान मन्त्रीहरूसँगको भेटमा ओली अदालतले समस्यामा पारेको बताएका थिए ।

मन्त्रिपरिषद् नै खारेज भएपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न प्रधानमन्त्रीले पूर्वमन्त्रीसँगै स्थायी कमिटी सदस्य तथा आफू निकट सांसदलाई बालुवाटार बोलाएका छन् ।