एमालेकै नेताले उठाए प्रधानमन्त्री ओलीको नैतिकतामाथि गम्भीर प्रश्न - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

एमालेकै नेताले उठाए प्रधानमन्त्री ओलीको नैतिकतामाथि गम्भीर प्रश्न



काठमाडौँ- मन्त्रीहरू बर्खास्त गर्ने सर्वोच्च अदालतको फैसलाले राष्ट्रिय राजनीति नै तनार्गित बनेको छ भने नेकपा एमालेमा खैलाबैला मच्चाएको छ । अहिले सबैतिर अदालत र यो निर्णयसँग जोडिएका प्रधानमन्त्री केपी शर्मा ओलीबारे निर्मम टिप्पणी भैरहेका छन् ।

नेकपा एमालेको ओली समुहमा पनि यो फैसलाले असर गरेको देखिन्छ भने नेपाल समूह भने उत्साहित देखिएको छ । यस्तैमा नेपाल समुहका खरो टिप्पणी गर्ने नेता नेता भीम रावलले प्रधानमन्त्री ओलीको नैतिकतामाथि गम्भीर प्रश्न उठाएका छन् ।

उनले प्रधानमन्त्री ओली आफैले नियुक्त गरेका २० मन्त्रीको पदमुक्त हुने गरी अदालतको अन्तरिम आदेशपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई नैतिकता बोध भयो कि भएन भन्दै प्रश्न गरेका छन् ।

रावलले भनेका छन्, ‘आज सर्वोच्च अदालतको आदेशले काम चलाउ प्रमं केपीबाट मन्त्रिपरिषद् विस्तारमा संविधानको मर्म, लोकतान्त्रिक मान्यता र जनउत्तरदायी पद्धतिमाथि गरिएको घात र बेथितिलाई खारेज गरेको छ। के प्रमंले राजनीतिक नैतिकताको बोध गर्नुहोला ?’