महेश बस्नेत भन्छन्: सर्वोच्च अदालत प्रचण्डको सेटिङमा चल्यो - Himal Post Himal Post
  • ५ फाल्गुन २०८२, मंगलवार
  •      Tue Feb 17 2026
Logo

महेश बस्नेत भन्छन्: सर्वोच्च अदालत प्रचण्डको सेटिङमा चल्यो



काठमाडौं- नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सेटिङमा चलेको आरोप लगाएका छन् । बस्नेतले २० मन्त्री पदमुक्त गर्ने फैसलाप्रति असन्तुष्टि जनाउँदै यस्तो आरोप लगाएका हुन् ।

मंगलबार सामाजिक सञ्चालनबाट आफ्ना भनाई सार्वजनिक गर्दै बस्नेतले माओवादी अध्यक्ष पुष्पकमल दाहालले भनेअनुसार फैसला आएको भन्दै अदालतमा सेटिङ भएको हुनसक्ने आशंका ब्यक्त गरेका छन् ।

उनले भनेका छन्– ‘हिजो माओवादी अध्यक्ष प्रचण्डले धादिङमा, आफुले प्राप्त गरेको बिशेष सूचना भनेर जे बोल्नुभएको थियो आज प्रतिनिधिसभा विघटन पछि मन्त्रिपरिषद विस्तार भएको भन्दै दायर भएको रिटमाथि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले मन्त्रिपरिषद विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको सुनियो ।’

नेता बस्नेत अगाडि भन्छन्– ‘यो फैसला पछाडि आम रुपमा के प्रश्न उठेको छ भने अदालतका फैसलाहरू कि सेटिङमा हुने गर्दछन् कि न्यायलयहरुले सम्भाव्य फैसलाको पूर्व अनुमान खास ठाउँमा दिने गर्दछन् । कि प्रचण्डको भविष्यवाणी काग कराउनु कुखुरा हराउनु भएको हो ।’

उनले अहिले न्यायालयको बारेमा जे भैरहेको छ ठीक नभएको बताउँदै राजनीति बिग्रँदा अराजकता फैलने र न्यायालय बिग्रँदा जनतामा निराशा प्रकट हुने दावी गरेका छन् । उनले अन्तरिम आदेशको अन्तर्य हेर्दा प्रधानमन्त्रीले संसद विघटन गरेर गरेको निर्वाचनको घोषणालाई भने स्वीकार गरेको दावी समेत गरेका छन् ।