पदमुक्त भएका मन्त्रीलाई प्रधानमन्त्रीले बालुवाटार बोलाए - Himal Post Himal Post
  • ११ पुष २०८१, बिहीबार
  •      Thu Dec 26 2024
Logo

पदमुक्त भएका मन्त्रीलाई प्रधानमन्त्रीले बालुवाटार बोलाए



काठमाडौँ- सर्वोच्च अदालतको झट्कापछि पदमुक्त भएका मन्त्रीहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएका छन् । केहीबेर अगाडी उनीहरू त्यहाँ पुगेको बताइएको छ ।

भर्खरै मात्र नियुक्त भएका मन्त्रीहरूलाई पदमुक्त गर्न अन्तरिम आदेश दिएका २० मन्त्री प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सर्वोच्चको अन्तरिम आदेशबाट पदमुक्त भएका मन्त्रीहरू प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेको जानकारी दिए ।

प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार सर्वोच्च अदालतको अन्तरिम आदेशपछि पदमुक्त भएका मन्त्रीहरूलाई प्रधानमन्त्रीले बोलाएर बालुवाटारमा पुगेका छन् ।

सर्वोच्च अदालतले आज जनता समाजवादी पार्टीका ११ र एमालेका ९ मन्त्रीलाई पदमुक्त गर्न अन्तरिम आदेश दिएको थियो ।