प्रधानमन्त्री ओलीले दिएको भ्याकेटमाथिको सुनुवाइ सकियो - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

प्रधानमन्त्री ओलीले दिएको भ्याकेटमाथिको सुनुवाइ सकियो



काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा हालेको भ्याकेट निवेदनको सुनुवाई सकिएको छ । एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिलाई मान्यता नदिने सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्ध ओलीले भ्याकेट निवेसन दिएका थिए ।

कारवाहीलाई मान्यता नदिने सर्वोच्चको आदेशविरुद्ध परेको भ्याकेट निवेदनमाथिको सुनुवाइ सकिएको हो। सर्वोच्चका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको संयुक्त इजलासमा भ्याकेट निवेदनमाथि सुनुवाइ गरेका हुन्।

एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिले गरेको कर्णाली प्रदेशका सांसदहरूलाई गरेको कारबाही मान्यता नहुने भन्दै सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध ओलीले सोमबार भ्याकेट निवेदन दिएका थिए ।

कर्णाली प्रदेशका प्रदेशसभा सदस्यहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अमरबहादुर थापालाई एमालेले ह्वीप उल्लंघन गरेको भन्दै एमालेले कारबाही गरेको थियो ।

महाधिवेशन आयोजक कमिटि पार्टीको आधिकारिक कमिटि नभएको भन्दै न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले बदर गरिदिएको थियो । प्रधानमन्त्री ओलीले भने केन्द्रीय कमिटी नै दशौं राष्ट्रिय महाधिवेशन आयोजक समिति भएकाको बताउँदै उक्त आदेश खारेजीको माग गरेका छन् ।

उक्त मुद्दामा सुनुवाई सकिएको छ भने अब फैसला आउन मात्रै बाँकी छ।