पार्टी नमिल्ने भएपछि ज्यान जोगाउ अभियानमा नेताहरू
काठमाडौं- नेकपा एकता नहुने लगभग पक्का जस्तै भएको छ । पार्टी एक नहुने पक्का भएपछि नेताहरू आफ्नो पोजिशन बचाउने अभियानमा लागेका छन् । केहि नेताहरूले पहिले देखि नै दोहोरो भूमिका निर्भाह गरेरै भएपनि आफ्नो स्थान सुरक्षित गरेका थिए ।
एमालेका महासचिव इश्वर पोखरेल ओली खेमाका बलिया नेता मानिन्छन् तर उनले पनि अहिले दुबैतिर समदुरी कायम गर्न खोजेको देखिएको छ । पहिले एकताविरोधी भनेर चिनिएका पोखरेलले नेपाल समुहसंग समेत समदुरी राख्न अहिले प्रयत्न गरेको स्रोतको दाबी छ ।
एकातिर प्रधानमन्त्री ओलीले पछिल्लो समय उनलाई जिम्मेवारी दिन नखोज्न र भएका जिम्मेवारी पनि खोस्ने गरेकाले आउँदो महाधिवेशन सुखद नहुने उनले बुझेका छन् भने अर्कातिर ओलीका सबैभन्दा विश्वासपात्रहरुले उनलाई रुचाइरहेका छैनन् । उनी पनि एमाले विभाजन भएमा आफू बलियो बन्न फरक रणनीतिमा लागेको बताइन्छ ।
यता छुट्टै अभियान नै चलाएका वामदेव गौतमले पनि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल नमिल्ने निष्कर्षमा पुगेपछि फरक रणनीतिमा लागेको बताइन्छ । गौतम अहिले एमाले ब्भाजन बहेको अवास्थामा कसरी शक्तिमा रहन सकिन्छ भन्ने रणनीतिमा लागेका छन् । उनले विभाजन हुँदा नेपाल समूहलाई साथ् दिने भन्दै बालुवाटारसंग बार्गेनिङ गरिरहेका छन् । त्यस्तै बालुवाटारमा हुने कार्यक्रममा पुगेर ओलीलाई साथ् दिनसक्ने छनक दिने गरेका छन् ।
त्यतिमात्र होइन अहिले गौतमले एकता चाहने नेताहरूलाई भेट्दै हिँडेका छन् । विभाजन भएर दुई टुक्रा भएको खण्डमा पनि एकता पक्षधर केहि नेताहरू लिएर आफू शक्तिमा बस्ने उनको रणनीति छ ।
यता ठुलो पार्टी नेकपाको महासचिव भैसकेर अदालतले पार्टी एकता भंग गर्दा घटुवा भएका उपप्रधानमन्त्री विष्णु पौडेल पनि दुवै तर्फा समदुरीमा छन् । पौडेल भने गौतमको समेत निकट रहँदै आइरहेका छन् । पौडेललाई अबको पार्टी नेतृत्वको रूपमा समेत हर्न थालिएको छ । पौडेल भने अहिले नेताहरूको स्वार्थले एकता नभएपनि केहि समयपछि मिल्नैपर्ने अवस्था आउने भन्दै कसैलाई चिढाउन चाहेका छैनन् । यद्यपी, पार्टी बिभाजन भएको खण्डमा उनले दुबैतिर आफ्नो पोजिशन सुरक्षित गरेको स्रोतको दाबी छ ।
यता शालीन र भद्र नेताको छबी बनाएका सुवास नेम्वाङको भने अहिले राजनीति धमिलिएको छ । नेपाल समुहका नेताहरूले मन पराउन छाडिसकेका छन् भने उनले ओली समूहमै बसेर सकेसम्म अवसर लिने रणनीति बनाएका छन् । त्यस्तै ओलीका अत्यन्त निकट रहेका नेपा प्रदीप ज्ञवाली पनि ओली समूहमै पोजिशन बनाउने खेलमा लागेका छन् उनी नेपाल समुहमा आउने सम्भावना छैन ।
माधव समुहका नेता योगेश भट्टराईले पनि एमाले विभाजन हुने अवस्थामा आफूलाई उभ्याउने स्थान बनाउन दुबैतिर लागिपरेका छन् । कहिले बालुवाटार त कहिले कोटेश्वरको नजिक देखिने भट्टराईले एकातिर लागेर अर्कोलाई तर्साएरै आफू सुरक्षित स्थानमा उभिन सफल भएको स्रोत बताउँछ । योगेशले एमाले र सुर्य चिन्ह नछाड्ने स्पष्ट बताइसकेका छन् । तरपनि उनी ओली खेमामा लाग्ने सम्भावना कमजोर छ ।
यस्तै नेपाल समुहका नेता सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, घनश्याम भुसाल नयाँ शक्तिका रुपमा उदाएका छन् । विवादरहित भएकैले पनि उनीहरूलाई पार्टीको तल्लो तहबाट निकै राम्रो समर्थन छ । दुवै तर्फका कार्यकर्ताले यी नेताहरूलाई मन पराउँछन् । एमाले विभाजन भएमा पाण्डे, विष्ट र भुसाल नेपाल समूहमै रहने सम्भावना भएपनि उनीहरूलाई ओली समुहमा राम्रै तहमा अफर हुँदै आएको छ ।
ओलीसँग निकै चिढिएका नेता भीम रावल नेपाल समुहको बलियो नेता हुन् । उनी ओली समुहमा जाने सम्भावना छैन ।