यी १५ जिल्लामा बाढी आउने भन्दै महाशाखाले दियो चेतावनी - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

यी १५ जिल्लामा बाढी आउने भन्दै महाशाखाले दियो चेतावनी



काठमाडौं- १५ जिल्लामा बाढी आउन सक्ने भन्दै जल तथा मौसम विज्ञान विभागले सतर्क रहन आग्रह गरेको छ । विभागले आज १५ जिल्लाका नदी तथा सहायक नदीमा बाढी आउन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको हो ।

महाशाखाले जनाएअनुसार प्रदेश १ को रौतहट, सर्लाही, महोत्तरी, धनुषामा बिहान ७ बजेदेखी भारी वर्षा भई नदीहरुमा बाढी आउन सक्ने सम्भावना रहेको जनाएको छ ।

त्यस्तै वाग्मती प्रदेशको रसुवा, सिन्धुपाल्चोक, दोलखा गण्डकी प्रदेशको गोरखा, लमजुङ, कास्की, पर्वत, म्याग्दी, बागलुङ लुम्बिनी प्रदेशको पाल्पा, गुल्मी सुदूरपश्चिम प्रदेशको बाजुरा, बझाङ, दार्चुला आसपासका जिल्लाहरुमा वर्षा भई नदीहरुमा बाढी आउन सक्ने भएकाले सर्तकता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

यस वर्ष देशमा ब्यापक बाढी आउने र करिव १८ लाख मानिस यसबाट प्रभावित हुने प्रक्षेपण विज्ञले गरेका छन् ।