रवि लामिछानेले भने: ज्वाला संग्रौलामाथि कडा भन्दा कडा कारबाही होस्
काठमाडौं- सञ्चारकर्मी रवि लामिछानेले अभद्र व्यवहार प्रकरणमा पक्राउ परेकी ज्वाला संग्रौला सहित अन्य व्यक्तिहरुमाथि कडा भन्दा कडा कारबाहीको माग गरेका छन् । उनले जाहेरीमा उल्लेख भए बमोजिम उनले गल्ती गरेकी रहिछन् र सो प्रमाणित भयो भने कडा भन्दा कडा सजाय दिन माग गरेका हुन्।
सामाजिक संजालमा लामिछानेले पक्राउ परेको थाहा पाएर आफू जानकारी लिन टेकु पुगेको र आफूलाई भेट्न नदिएको उल्लेख गरेका छन् । अभद्र व्यवहार र कुटपिटमा जाहेरी परेको थाहा पाएपछि भेट्न जाँदा
उनले जाहेरीमा उल्लेख भए बमोजिम ज्वाला संग्रौलाले गल्ती गरेको पाइएको र सो प्रमाणित भयो भने कडा भन्दा कडा सजाय दिइयोस् भन्दै लामिछानेले माग गरेका छन्। त्यतिमात्र होइन उनले बिगतमा विभिन्न बेथितिका विरुद्ध बोलेको रिस पनि यहि मौकामा फेर्न, मुद्दा माथी मुद्दा चलाउने दाउ चाहिँ नरचियोस् भन्दै ध्यानाकर्षण समेत गराएका छन् ।
लामिछानेले न्यायको समान अवसर दुबै पक्षलाई मिल्नेछ भन्नेमा आफू दृढ रहेको बताएका छन् ।
लामिछानेले लेखेका छन्, ‘ज्वाला संग्रौला सहित अन्य केही ब्यक्तीहरु माथि अभद्र व्यवहार र कुटपिटमा जाहेरी परेको थाहा पाए पछि थप जानकारी लिन टेकु पुगेको थिएं,कार्यक्रम सकेर जादा अलि ढिला भएकाले भेट्न दिइएन र थप बुझ्न पाइएन।जाहेरीमा उल्लेख भए बमोजिम उनले गल्ती गरेकी रहिछन् र सो प्रमाणित भयो भने कडा भन्दा कडा सजाय दिइयोस्।तर बिगतमा विभिन्न बेथितिका विरुद्ध बोलेको रिस पनि यहि मौकामा फेर्न, मुद्दा माथी मुद्दा चलाउने दाउ चाहिँ नरचियोस् है । न्यायको समान अवसर दुबै पक्षलाई मिल्ने नै छ भन्नेमा दृढ़ छु।’