मेलम्चीमा झन् ठूलो बाढी आउने सुचना - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

मेलम्चीमा झन् ठूलो बाढी आउने सुचना



काठमाडौं- मेलम्ची खोलामा अझै ठुलो बाढी आउने भन्दै सुचना सम्प्रेषण गरिएको छ । वातावरणविद् रविनराज निरौलालाई उद्धृत गर्दै गाउँपालिकाले उक्त चुचना जारी गरिएको छ ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले मेलम्ची खोलामा बाढी आउनुको मुख्य कारण गाउँपालिकाको वडा नम्बर १ स्थित भेमाथाङ चौरमा गएको पहिरो रहेको खुलेको जानकारी दिएको छ।

गाउँपालिकाले शनिबार विज्ञप्ति जारी गर्दै सेमेसिदाङ हिमालमुनि रहेको भेमाथाङ चौरमा पहिरो गएको बताएको छ। उक्त पहिरो २५ प्रतिशत मात्र र अझै ७५ प्रतिशत बाँकी नै रहेको भन्दै सतर्कता अपनाउन गाउँपालिकाले अपिल गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘उक्त चौरमा हाल २५ प्रतिशत मात्र पहिरो गएको र बाँकी ७५ प्रतिशत मध्ये के कति भागमा पहिरो जानसक्ने भन्ने हालसम्म यकीन नभएकोले थप बाढी आउन सक्ने हुँदा सबै सरोकारवालाहरुले उच्च सावधानी अपनाउन जानकारी गराइन्छ ।’

असार १ गते मेलम्ची खोलामा आकष्मिक बाढी आउनुको स्पष्ट कारण नखुलिरहेको अवस्थामा गाउँपालिकाले यस्तो जानकारी दिएको हो। उक्त सूचनाका कारण सर्वसाधारण भने त्रसित बनेका छन् ।