काँग्रेस क्रियाशील सदस्यताको मापदण्ड फेरियो - Himal Post Himal Post
  • १२ पुष २०८१, शुक्रबार
  •      Fri Dec 27 2024
Logo

काँग्रेस क्रियाशील सदस्यताको मापदण्ड फेरियो



काठमाडौं- कांग्रेसले १४औँ महाधिवेशनका लागि तेस्रोपटक मिति तोकेको छ । भदौमा पनि महाधिवेशन नगरे पार्टी संवैधानिक संकटमा पर्ने भएपछि कांग्रेसले जसरी पनि महाधिवेशन गर्नैपर्ने अवस्थामा साढे दुई महिनाको समयावधि राखेर महाधिवेशनको नयाँ तालिका ल्याएको हो ।

यस्तै काँग्रेसले क्रियाशील सदस्यताको मापदण्ड पनि निर्धाराण गरेको छ । क्रियाशील सदस्यता छानविन समितिले पार्टीको १४ औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण गर्न निश्चित मापदण्ड निर्धारण गरेको हो ।

पार्टी केन्द्रबाट उपलब्ध गराइएको सफ्टवेयरमा जिल्लाबाट ‘इन्ट्री’ गरी नाम प्रस्ताव गर्दा नवीकरण गर्न छुट भएको अवस्थामा यही असार ९ गतेभित्र नवीकरण गर्न योग्य सदस्यका आवश्यक विवरण पठाउन मातहतका समितिलाई निर्देशन दिइएको छ ।

पार्टीको आधिकारिक उमेदवारविरुद्ध विद्रोही उम्मेदवार बनेका वा त्यस्तो विद्रोही उम्मेदवारको प्रस्तावक समर्थक बनेका, पार्टी अनुशासनको कारबाहीमा परेका, पार्टी परित्याग गरेका र निधन भएकाको भने नवीकरण नहुने समिति सचिव केशव रिजालले जानकारी दिए ।

समितिले क्रियाशील सदस्यता नवीकरण गर्न छुट भएको भए, नवीकरण गर्नुपर्ने सदस्यको नामावली विवरण र शुल्कसमेत समितिमा असार ९ गतेभित्र पठाउन सबै जिल्ला कार्यसमिति, क्षेत्रीय कार्यसमिति, प्रदेश सभा क्षेत्रीय कार्यसमिति, गाउँ/नगर पालिका कार्यसमिति र वडा कार्यसमितिलाई अनुरोध गरेको छ ।