यी ४१ दललाई निर्वाचन आयोगले गर्‍यो कारबाही - Himal Post Himal Post
  • ६ फाल्गुन २०८२, बुधबार
  •      Wed Feb 18 2026
Logo

यी ४१ दललाई निर्वाचन आयोगले गर्‍यो कारबाही



काठमाडौं- निर्वाचन आयोगले समयमै आयव्ययको लेखा परीक्षण प्रतिवेदन पेस नगर्ने राजनीतिक दलहरुलाई कारबाही गरेको छ ।

आयोगले शुक्रबार एक सूचना जारी गर्दै लेखा परिक्षण पेस नगर्ने ४१ वटा राजनीतिक दललाई ५० हजार रुपैयाँका दरले जरिबाना तोकेको जानकारी गराएको छ ।

प्रतिवेदन नबुझाउने ४१ वटा दललाई पुनः सात दिनको समय दिँदा पनि अटेरी गरेकाले दल सम्बन्धी ऐन २०७३ को दफा ५४ अनुसार ५० हजार रुपैयाँका दरले जरिबाना तिराउने निर्णय भएको निर्वाचन आयोगले जनाएको छ ।

लगातार तीन वर्षसम्म लेखा परीक्षण प्रतिवेदन नबुझाउने ४६ वटा दललाई आयोगले गएको वैशाख ७ गते सफाइसहितको स्पष्टीकरण पेस गर्न निर्देशन दिएकोमा पाँच वटा दलले मात्रै बुझाएका थिए ।

४१ वटा दलले ३० दिनभित्र ५० हजार रुपैयाँका दरले जरिबाना तिरेमा ६ महिनाभित्र उनीहरुलाई गल्ती सच्याउने मौका दिइने आयोगले जनाएको छ ।

राष्ट्रिय त्रिमुल बअुजन समाजवादी पार्टी , नेपाल न्यायिक दल अखण्ड नेपाल पार्टी, नागरिक पार्टी, राष्ट्रिय चुरे भावर पार्टी, सङ्घीय लिम्बुवान नेपाल, राष्ट्रिय जनता दल नेपाल लगायतले लगातार तीन वर्षसम्म पनि लेखा परीक्षण प्रतिवेदन निर्वाचन आयोगमा बुझाएका छैनन् ।

यी हुन् कारबाही गरिएका ४१ पार्टी