संविधान र व्यवस्था मास्ने ठुलो डिजाइन भैरहेको छ: बाबुराम भट्टराई - Himal Post Himal Post
  • ७ पुष २०८२, सोमबार
  •      Mon Dec 22 2025
Logo

संविधान र व्यवस्था मास्ने ठुलो डिजाइन भैरहेको छ: बाबुराम भट्टराई



काठमाडौं– पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले संविधान र व्यवस्था मास्ने ठुलो डिजाइन भैरहेको दाबी गरेका छन् ।

उनले नेपालको परिवर्तन र संघीय लोकतान्त्रिक व्यवस्थालाई नै उल्टाइदिन देशी–विदेशी शक्तिहरु लागेकाले त्यसविरुद्ध सबै एक भएर लाग्नुपर्ने बताएका छन्।

सभामुख अग्नि सापकोटाले शुक्रबार आयोजना गरेको पूर्वप्रधानमन्त्री र शीर्ष नेतासँगको छलफलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै भट्टराईले यस्तो बताएका हुन्।

‘नेपालको परिवर्तनलाई मन नपराउने देशी विदेशी तप्का छन्, तिनले आन्तरिक कचिंगलमा खेलेर गलत दिशातिर मोड्ने संकेत छन्, त्यसनिम्ति एक भएर लाग्नुपर्छ भनेर भन्यौं,’ छलफलमा आफूले भनेका कुरा उल्लेख गर्दै भट्टराईले भने।

उनले नेपालको संविधान र व्यवस्थालाई नै उल्टाइने दिने संकेत नेपाली राजनीतिमा देखिएको पनि बताए। ‘संकट समाधान हुन नदिने, पटक–पटक संविधान विघटन हुने, चुनाव हुन नदिने प्रयास भइरहेका छन्, चुनाव नभएपछि संविधान फेल हुन्छ, त्यो भ्याकुममा खेलेर व्यवस्था असफल भयो भनेर जाने ग्रान्डडिजाइन भइरहेको छ, सर्वोच्चले प्रतिनिधिसभा पुनःस्थापना गरिदियो भने त्यो सबै असफल हुन्छ,’ उनले भने।