चौतर्फी घेराबन्दीमा ओली: राष्ट्रपतिसँग अर्थपूर्ण छलफल - Himal Post Himal Post
  • १२ पुष २०८१, शुक्रबार
  •      Fri Dec 27 2024
Logo

चौतर्फी घेराबन्दीमा ओली: राष्ट्रपतिसँग अर्थपूर्ण छलफल



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली बुधबार साँझ राष्ट्रपति भवन शीतल निवास पुगेका छन् । ओली नियमित छलफल र भेटघाटका लागि शीतल निवास पुगेको बालुवाटारले बताएपनि उनी चौतर्फी घेराबन्दीमा परेका छन् ।

घेराबन्दीकै कारण अबका सम्भावित कदमबारे छलफल गर्न उनी शितलनिवास पुगेको बताइएको छ । मन्त्रीमण्डल विस्तारको तयारीमा रहेका ओलीले सर्वोच्च अदालतको संकेत राम्रो नदेखेपछि शितलनिवास पुगेको बताइएको छ ।

पछिल्ला केहिदिनयता प्रधानमन्त्री ओली चिन्तित देखिएको समेत बताइएको छ । उनलाई सर्वोच्च अदालतमा बुधबार देखिएको दृश्यले थप चिन्तित बनाएको छ । त्यसमाथि सभामुखले संसद विघटनकै बिषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् ।

त्यतिमात्र होइन सत्ता जोगाउनका लागि जसपाका राजेन्द्र महतो लगायतलाई मन्त्री बनाएका ओलीलाई सपथ लिएकै दिन महतोले झट्का दिएका थिए । उनले रास्ट्र नै विखण्डन गर्ने अभिव्यक्ति दिएर ओलीलाई थप तनावमा परेका छन् । त्यसकै कारण राष्ट्रवादी छवी बनाएका ओलीको छवी नै धुमिल बनेको छ ।

ओलीले पछिल्ला दिनमा माधव नेपाल समुहबाट एकपछि अर्को झट्का बेहोरिरहेका छन् । कहिले फ्लोर क्रस गरेर त कहिले विपक्षीलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेर । त्यसमाथि भर्खरै मन्त्रीबाट बाहिरिएका पूर्वमाओवादीका नेताहरूले बोले अनुसारको ब्यबहार नगरेको भन्दै ओलीलाई दिनदिनै किचकिच गर्ने गरेकोले समेत उनी थप तनावमा छन्।

पछिल्लो समय राजनीति जटिल बन्दै गएको बेला राष्ट्रपति र प्रधानमन्त्रीको भेटघाट बाक्लिँदै गएको छ । बिहीबार नै गण्डकी प्रदेशमा मुख्यमन्त्रीले विश्वासको मत दिँदैछन् भने आज सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनमा कारण देखाउ आदेश जारी गरेको छ ।

यस्तो समयमा राष्ट्रपति र प्रधानमन्त्रीको भेटघाट बाक्लिनुलाई अर्थपूर्ण मानिएको छ ।