माधव नेपाल समूहले डाक्यो आकस्मिक बैठक: 'कम्प्रोमाइज' को तयारी - Himal Post Himal Post
  • ७ फाल्गुन २०८२, बिहीबार
  •      Thu Feb 19 2026
Logo

माधव नेपाल समूहले डाक्यो आकस्मिक बैठक: ‘कम्प्रोमाइज’ को तयारी



काठमाडौं- नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल समुहको आकस्मिक केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । आकस्मिक बोलाइएको बैठक बिहिबार बस्ने भएको छ ।

पार्टीमा विवाद चर्किंदै गएको र नयाँ दल खोल्ने तयारी भैरहेका बेला नेपाल समुहले आकस्मिक रूपमा बैठक बोलाउनूलाई अर्थपूर्ण मानिएको छ । केन्द्रीय कमिटीको बैठक बस्न नेताहरुले माग गरिरहेको भन्दै बुधबार भर्चुअल माध्यमबाट बैठक बस्ने भएको हो।

एक नेताका अनुसार पार्टी एकताबद्ध बनाउन केहि कम्प्रमाईज गरेर भएपनि अगाडी बढ्नुपर्छ भन्ने धेरै नेताहरूको माग भएकाले ऐथक बोलाइएको बताइएको छ ।

बिहिबार बिहान ११ बजेबैठक बोलाइएको र यो बैठक लामो चल्ने बताइएको छ। प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले ०७५ जेठ २ मा फर्कन सकिने संकेत गरे लगतै दुवै पक्षको वार्ता बाक्लिएको छ।

त्यसो त दुबै समूहका दोस्रो तहका नेता केहि दिनदेखि पार्टी फुटबाट जोगाउन सक्रिय भएर लागिरहेका छन्।

यसअघि गठन भएको कार्यदलका सदस्यहरु पनि बैठक गरिरहेका छन्। अझै पार्टीका महासचिव ईश्वर पोखरेल र योगेश भट्टराईबीच पनि छलफल भएको थियो। माधव नेपालले पनि आज एक कार्यक्रममा सम्बोधन गर्दै पार्टी एकताबद्ध बनाउन अन्तिम प्रयास गर्ने बताएका थिए।