एमाले स्थायी कमिटी बैठक बस्दै: १२ नेतामाथि थप कारबाहीको तयारी - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

एमाले स्थायी कमिटी बैठक बस्दै: १२ नेतामाथि थप कारबाहीको तयारी



प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी समिति बैठक बोलाएका छन्। आइतबार साँझको लागि तोकिएको बैठक सोमबार बिहान सारिएको छ ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान १० बजे बस्ने खबर आएको एक नेताले बताए । यसअघि स्थायी समितिले बैठकले एमाले वरिष्ठ नेता माधवकुमार नेपालसहित ११ नेतालाई साधारण सदस्यबाट निष्कासित गरेको थियो।

आजको बैठकमा एमाले नेता घनश्याम भुसालसहित १२ नेतालाई सोधिएको स्पष्टीकरणका विषयमा छलफल हुने जनाएको छ। 

त्यहि विषयमा आज छलफल हुने जनाएको छ। आन्तरिक जीवनबारे स्थायी समिति बैठकमा छलफल हुने बताइएपनि मुख्यत नेताहरूको कारबाहीको बिषयमा छलफल हुने बताइएको छ। 

त्यससँगै शनिबार प्रस्तुत गरिएको आर्थिक वर्ष २०७८÷७९ को बजेटको समीक्षा गरिने बताइएको छ ।