एमाले नेताद्वारा कुलमानलाई ज्यान मार्ने धम्की - Himal Post Himal Post
  • २९ माघ २०८२, बुधबार
  •      Wed Feb 11 2026
Logo

एमाले नेताद्वारा कुलमानलाई ज्यान मार्ने धम्की



काठमाडौं चैत्र २५

एमालेका एक जना केन्द्रीय स्तरका नेताले नेपाल विध्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङलाई ज्यान मार्ने धम्की दिएका छन । माओवादीलाई फाईदा पुग्ने गरि काम गरेको भन्दै प्रदेश न १ घर भई हाल युवासंघ तथा पार्टीमा सक्रिय ति नेताले एनसेलको नम्बरबाट मेसेज र फोनमार्फत  धम्की दिएको कुलमान निकट श्रोतले बताएको छ ।

एमालेलाई भोट दिए कुलमान हटेर फेरी लोड्शेडिंग हुने चर्चा सामाजिक संजालमा व्यापक भएपछि यो प्रचार कुलमानले नै लगाउन खोजेको भनेर एमाले नेताले सरकार त बन्न देउ अनि था पाऊलास भनेर धमक़्याएका थिए । आफ़नो लिमिटमा बस होईन भने तेरै बत्ती नरहला, होश गरेस भनेर धमकयाएपछि कुलमानले यसबारेमा निकटका माँछेसँग कुरा गरेका थिए ।

पछि उक्त नम्बरमा सम्पर्क गर्न खोज्दा भने नम्बर अस्तित्वमा नरहेको जवाफ आएको थियो । कुलमानलाई यस्तो धम्की पहिलोपटक आएको भने होईन ।

साभार :संसारपाटि