सुपा देउराली युथ नेटवर्क  सरसफाइ कार्यक्रममा सरिक - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

सुपा देउराली युथ नेटवर्क  सरसफाइ कार्यक्रममा सरिक



हिमाल पोस्ट /काठमाडौं चैत्र ६ 

अर्घाखाँची जिल्लामा जन्मभैइ काठमाडौँमा अध्ययन गरी बस्ने युवा विद्यार्थीहरुको पहलमा भर्खर स्थापना भएको  सुपा देउराली युथ नेटवर्कक्लबले बाग्मती सफाई अभियानमा सहभागिता जनाएको छ ।नेटवर्कका अध्यक्ष बिराज घिमिरेको अगुवाइमा चैत्र ५ गते शनिवार १७ जनाको टोलीले काठमाडौँ बाग्मती सफाई अभियानमा सक्रिय सहभागिता जनाएको हो ।

समाजमा विभिन्न सृजनशिल कार्य गर्ने उद्देश्य राखेर स्थापना गरिएको उक्त नेटवर्कले आगामी दिनमा अर्घाखाँची जिल्लाका नदी, सहर ,क्याम्पस ,बिधालय मा सरसफाइ अभियान सञ्चालन गर्ने उद्देश्य रहेको नेटवर्कका सचिव नारायण घिमिरेले बताउनु भयो ।सो नेटवर्कले बाग्मती सफाइ अभियानमा देखाएको सहभागिताको सर्वत्र प्रशंसा गरिएको छ ।

यस्ता क्लबहरु खोल्ने सुरु सुरुमा सक्रिय भएजस्तो हुने र क्रमशः हराउने प्रवृत्तिको अन्त्य गरी निरन्तर सामाजिक गतिविधिमा सक्रिय रहन ,अन्य क्लबसंग सहकार्य गरी अगाडि बढन र आवश्यक सहयोग गर्न हामी जिल्लाबासी समेत तयार  हुनुपर्ने आवश्यकता देखिन्छ ।