लियो क्लव अफ बुटवल खस्यौली युथको चौथो अधिवेसन सम्पन्न - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

लियो क्लव अफ बुटवल खस्यौली युथको चौथो अधिवेसन सम्पन्न



हिमाल पोस्ट /बुटवल ,फागुन २८

लियो क्लव अफ बुटवल खस्यौली युथको चौथो अधिवेसन सम्पन्न भएको छ ।मोति न्यौपाने ‘मोहन’ को अध्यक्षतामा नयाँ कार्य समिती निर्वाचित गरेको हो  ।

आगामी लियो वर्ष २०१७-०१८ का लागी  न्यौपानेको अध्यक्षतामा नयाँ कार्य समिती निर्वाचित भएको हो ।समितीको प्रथम उपाध्यक्षमा विशाल पाण्डे, द्धितिय उपाध्यक्षमा व्युटि रसाल, तृतिय उपाध्यक्षमा ज्योति सारु मगर, सहसचिवमा दिपक न्यौपाने, सह–कोषाध्यक्षमा राजु भुषाल निर्वाचित भएका छन् ।

यस्तै निर्देशकहरुमा राजिव जंग कुवर, होमनाथ सापकोटा, टेलटुइस्टरमा निशा क्षत्री, टेमरमा शास्वत पाण्डे र पिआरओमा सुदिप अधिकारी निर्वाचित भए ।

सचिव र कोषाध्यक्ष पदमा अध्यक्षले मनोनित गर्ने लायन्स अन्तराष्ट्रियको विद्यान बमोजीम सचिवमा विजय पन्थ र कोषाध्यक्षमा दिपेन्द्र भट्टराई मनोनित भएका छन् ।

लियो क्ल्व अफ बुटवल खस्यौली युथका वर्ष २०१६-०१७ का अध्यक्ष सुदिप बेलबासेको अध्यक्षतामा भएको कार्यक्रममा लियो सल्लाहकार लायन मुत्ति प्रसाद श्रेष्ठ, निर्वाचन अधिकृत शितल ज्ञवाली, एरिया ४ कोर्डिनेटर सरोज कडेल, सस्थापक अध्यक्ष रमेश अर्याल लगायतले बोल्दै नवनिवार्चित कार्य समितीका पदाधीकारीलाई बधाइ तथा शुभकामना दिएका थिए ।

लियो वर्ष २०१६-०१७ का द्धितिय उपाध्यक्ष विशाल पाण्डेको स्वागत र प्रथम उपाध्यक्ष मोहन न्यौपानको धन्यवाद ज्ञापनमा भएको कार्यक्रमको संचालन विकास गौतमले गरेका थिए ।