एचआईभी संक्रमित बालबालिकाहरूलाई "नेपाली समाज मकाउद्वारा"आर्थिक हस्तान्तरण - Himal Post Himal Post
  • २९ माघ २०८२, बुधबार
  •      Wed Feb 11 2026
Logo

एचआईभी संक्रमित बालबालिकाहरूलाई “नेपाली समाज मकाउद्वारा”आर्थिक हस्तान्तरण



कर्ण बहादुर अधिकारी मकाउ,चीन/फागुन २७ 
समाज र आफ्नै घर परिवारबाट तिरस्कृत भएका एचआईभी संक्रमित २३ जना बाल बालिकाहरूलाई विगत सात वर्ष देखि स्वास्थ उपचार,लालन पालन,शिक्षा एवम् मनोरञ्जन दिँदै आई रहेको किर्तिपुर भत्केको पार्टी स्थित राज कुमार पुन र उमा गुरुङ द्वारा सञ्चालित “वेवी लाईफ होमलाई” नेपाली समाज मकाउ र नेपाली कथानक चलचित्र बनदेवताको निर्माण कमिटीको तर्फबाट नेपाली रुपैयाँ ४० हजार हस्तान्तरण गरिएको छ ।

नेपाली समाज मकाउका अध्यक्ष एवम् वनदेवता चलचित्रका नायक दोर्जे तामाङ,बनदेवता चलचित्रका निर्माता सरोज दोङ,लंक बहादुर तमाङ साथै निर्देशक आर बि लामाले मिति २०१७/३/९ तारीकका दिन एक कार्यक्रम तय गरी उक्त रकम वेवी लाईफ होमका संचालिका उमा गुरुङलाई संक्रमित बाल बालिकाको माझ हस्तान्तरण गरिएको थियो।सरोज दोङ र लंक बहादुर तमाङ निर्माता रहेको एवम् आर बि लामाको निर्देशनमा निर्माण भएको चलचित्र बनदेवता नेपाली समाज मकाउको आयोजनामा विदेशी भूमि मकाउमा अनाथ तथा असाहय बाल बालिकाहरूको सहयोगार्थ च्यारीटी सो गरिएको थियो।उक्त च्यारीटी सोबाट संकलित केही रकम वेवी लाईफ होमलाई दिइएको हो।

यसरी नै नेपाली समाज मकाउले ८ तारीकका दिनमा पनि अनाथ तथा असाहय बालबालिका र वृद्धहरूको लागि काठमाडौँ धापासीमा खोलिएको “पवित्र सेवा समाज नेपालको” संचालिका दिक्षा चापागाँईलाई ३० हजार नेपाली रुपैयाँ हस्तान्तरण गरिएको थियो।नेपाली समाज मकाउ एवम् मकाउ तामाङ घेदुङका अध्यक्ष दोर्जे तामाङले आउँदा दिनहरूमा पनि यसरी नै अनाथ तथा असाहय बाल बालिकाहरूको हितका लागि सहयोग गर्ने बताउनु भयो।यसरी उक्त रकम वेवी लाईफ होमलाई दिनका लागि पहल गर्नु हुने नेपाली समाज मकाउका महासचिव एवम् गैर आवासीय नेपाली सङ्घ मकाउका सचिव कर्ण बहादुर अधिकारी प्रति नेपाली समाज मकाउ परिवार आभार प्रकट गर्दछ।