स्थानिय निकायको निर्वाचनमा जनप्रतिनिधित्व गर्न महिला सक्षम - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

स्थानिय निकायको निर्वाचनमा जनप्रतिनिधित्व गर्न महिला सक्षम



बुटवल, फागुन २६

स्थानिय निकायको निर्वाचनमा महिला सहभागिता बढाउन आवस्यक रहेको सरोकारवालाहरुले बताएका छन् । सञ्चारिका समुह लुम्बिनीले बिहिबार बुटवलमा १०७ औँ महिला दिवसको अवसरमा सञ्चार माध्यममा महिलाका विषयक अन्र्तकृयामा बोल्ने सहभागीहरुले स्थानिय निकायको निर्वाचनमा जनप्रतिनिधित्व गर्न महिला सक्षम छन भनेर देखाउने अवसर आएको सहभागीहरुले बताएका हुन् । कार्यक्रममा महिला तथा बालबालिका कार्यालयकी प्रमुख सारदा बस्यालले संख्यात्मक रुपमा मात्र नभई गुणात्मक रुपमा पनि महिला प्रतिनिधित्व हुनु पर्नेमा जोड दिनुभयो ।

संविधानले गरेको समावेशी प्रतिनिधित्वमा आसनमा महिला सहभागिता बढाउनु भन्दा पनि शासनमा महिला सहभागिता बढाउनु आवश्यक रहेको बताउनुभयो । महिला विकास अधिकृत मैया गुरुङ्गले महिला अधिकार प्राप्तिको लागि महिला नै नेतृत्व तहमा जानु अनिवार्य रहेको बताउनुभयो ।

कार्यक्रममा नमुना एकिकृत विकास परिषदकी ज्ञानु पौड्ेल, गैर सरकारी संस्था महासंघकी केन्द्रिय सदस्य सुमित्रा शर्मा, अखिल नेपाल महिला संघकी केन्द्रिय सदस्य बिमला पन्थी, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जि,सी, पत्रकार माया गौतम, महिला जेसिजका रुपा पाण्डे लगायतले बोल्दै सञ्चार माध्यमलाई एउटा साझा ठाँउको रुपमा विकास गर्नुपर्ने बताएका थिए ।

सञ्चारिका समुह लुम्बिनीका अध्यक्ष अमृता अनमोलको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत उपध्यक्ष निरु गौतम तथा सञ्चालन सचिव इन्दिरा भण्डारीले गर्नु भएको थियो ।