घोडाघोडीमा वाणिज्यको अनुगमन, म्याद नाघेको रंग फेला - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

घोडाघोडीमा वाणिज्यको अनुगमन, म्याद नाघेको रंग फेला



सुखड,कैलाली – घोडाघोडी नगरपालिका -१ सुखडमा रहेका विभिन्न पसलहरुमा अनुगमन गरिएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढी , ईलाका प्रशासन कार्यालय सुखड , घोडाघोडी नगरपालिका, ईलाका प्रहरी कार्यालय सुखडले बिहिवार संयुक्त रुपमा अनुगमन गरेको हो ।

उपभोक्ताले महंगोमा दैनिक उपभोग्य खाद्य सामान तथा अन्य म्याद गुज्रिएको सामग्रीको खरिद गर्नु नपरोस् भन्ने उदेश्यका साथ नियमित कार्यक्रम अन्तर्गत १४ वटा पसलमा अनुगमन गरिएको बाणिज्य आपुर्ती तथा उपभोक्ता संरक्षण कार्यालय धनगढीका निमित्त प्रमुख कमल बहादुर पुनमगरले बताए ।

सुखडका किराना, कस्मेटिक तथा होटलहरुमा केही समस्य नदेखिएको भएपनि चौलागाई ट्रेडर्समा भने म्याद नाघेका रंगरोगनहरु फेला परेको निमित्त प्रमुख पुनमगरले जानकारी दिएका छन । पुनमगरले यसलाई सिलबन्धी गरी मुचुल्का उठाएर कम्पनीलाई फिर्ता गर्ने शर्तमा सुरक्षित राखिएको बताए ।

यता ट्रेडर्सका संचालक चन्द प्रकाश चौलागाईले आफुले फिर्ता गर्न चाहेपनी लकडाउनका कारण कम्पनीको मानिसहरु नआउँदा समस्या भएको बताए । उनले चाडै कम्पनीलाई फिर्ता गर्ने प्रतिबद्धता जनाएका छन ।