१०७ औँ अन्तर्राष्ट्रिय महिला दिवस अर्घाखाँचीमा विभिन्न कार्यक्रम सम्पन्न , महिला समानताका लागि कुनै पनि सहयोग गर्न तयार:पौडेल - Himal Post Himal Post
  • ३० मंसिर २०८२, सोमबार
  •      Mon Dec 15 2025
Logo

१०७ औँ अन्तर्राष्ट्रिय महिला दिवस अर्घाखाँचीमा विभिन्न कार्यक्रम सम्पन्न , महिला समानताका लागि कुनै पनि सहयोग गर्न तयार:पौडेल



हरि प्रसाद भुसाल/अर्घाखाँची,फागुन २५ 

१०७ औँ अन्तर्राष्ट्रिय  महिला दिवसको आयोजनामा जिल्ला सदरमुकाम सन्धिखर्कमा विशेष कार्यक्रम सम्पन्न भएको छ ।

महिला तथा बालबालिका कार्यालयको मुख्य आयोजना, विभिन्न राजनीतिक दलका महिला सङ्गठन र जिल्लामा रहेका संघसंस्थाहरुको सह आयोजनामा सम्पन्न भएको कार्यक्रममा जिल्लामा रहेका सरकारी कार्यालयका प्रमुखहरु तथा महिलाहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

दिवसको अवसरमा खुल्ला गीत प्रतियोगिता गर्नुपूर्व सन्धिखर्क शान्ति बँगैचाबाट सुरु भएके ¥याली सन्धिखर्क बजारका मुख्य मुख्य चोकको परिक्रमा गरी शान्ति बँगैचामै आएर सकिएको थियो ।

सन्धिखर्क शान्ति बँगैचामा भएको खुल्ला गीत प्रतियोगितामा लालिगुराँस महिला विकास बचत तथा ऋण सहकारी समूह प्रथम, प्रगतिशील महिला समूह द्वीतिय, माछापुछ्र्रे महिला समूह तृतीय र सुआहाराको समूहले सान्त्ना स्थान प्राप्त गरेका छन् ।कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि समेत रहेका स्थानीय विकास अधिकारी प्रदिप पौडेलले महिला समानताका लागि आफूहरू कुनै पनि खालको सहयोग गर्न तयार रहेको बताएका थिए ।

कार्यक्रममा नेपाली काँग्रेसका उपाध्यक्ष शान्ता भण्डारी, नेकपा एमालेका जिल्ला उपाध्यक्ष जीवनारायण खनाल, राष्टिय जनमोर्चाका जिल्ला सचिव गोपाल पौडेल, राप्रपाका नेता समसुद्धिन मिया, नयाँ शक्ति पाटीृ नेपालका दिनेश सुनार, नेपाल परिवार दलका जिल्ला अध्यक्ष डिल्लीराज भुसाल, एकल महिला सञ्जालका जिल्ला अध्यक्ष खगिसरा बस्याल, नेपाल महिला सङ्घकी नेतृ लक्ष्मी श्रेष्ठ, अनेमसंघकी केन्द्रीय सदस्य विजुला रायमाझी, महिला अगुवा जानका बन्जाडे, अनेमसंघकी नेतृ कल्पना पोख्रेल, सृजना वि.क., सिता वि.क., इश्वरा पोखरेल, विष्णु दवाडी, विष्णु आचार्य, पत्रकार गणेश खनाल लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रम महिला तथा बालबालिका कार्यालयका निमित्त महिला विकास अधिकृत विमला लम्सालको अध्यक्षता, गीता पाण्डेको स्वागत मन्तव्य र छमा कार्कीको सञ्चालनमा सम्पन्न भएको हो ।