काहुखोला सिक्लेस सडकलाई ५० लाख स्वीकृत - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

काहुखोला सिक्लेस सडकलाई ५० लाख स्वीकृत



हिमाल पोस्ट /कास्की।
कास्कीको सबैभन्दा लामो सडक ( करिब ४० किमि ) को स्तरोन्नतिको लागि अर्थ मन्त्रालयबाट तत्काल ५० लाख रुपैयाँ स्वीकृत भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मार्फत सिक्लेसको सडकको लागि उक्त रकम स्वीकृत भएको हो ।

सिक्लेस युवा क्लबको आयोजनामा आयोजित सिक्लेस मेलामा क्लबको निमन्त्रणा र नेपाली काँग्रेस महासमिति सदस्य एवम् नेपाली जन सम्पर्क समिति मकाउका उपसभापति लेख बहादुर गुरुङको समन्वयमा काग्रेस सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रमुख अतिथिको रूपमा सिक्लेसमा निमन्त्रणा गरिएको थियो।उक्त अवसरमा स्थानीयले सभापति देउवालाई पोखरादेखि सिक्लेससम्मको सडकमा कालोपत्रे, सिक्लेस मनाङ ट्रेकिङ रुट र सिक्लेसलाई पर्यटन गाउँ घोषणाको लागि पहल गरिदिन आग्रह गरेका थिए।

स्थानीयको माग प्रति सकरात्मक भई सभापति देउवाले तत्काल पोखरा सिक्लेस सडकमा कालोपत्रे कार्य आवश्यक रहेको भन्दै आवश्यक कागजपत्र आफूलाई उपलब्ध गराउनु भनेपछि सडक उपभोक्ता समितिको नेतृत्व र समाजसेवी लेख बहादुर गुरुङको समन्वयमा सडक डिभिजन कार्यालय पोखरा, जिबिस कास्की हुँदै योजना आयोग भई भौतिक मन्त्रालयले अर्थलाई रकम स्वीकृतको लागि प्रकिया अगाडि बढाएको थियो ।तत् पश्चात् हालका लागि ५० लाख रुपैयाँ स्वीकृत भएको छ।

यस कार्यका लागि अतुलनिय सहयोग गर्नु हुने समाजसेवी नेपाली जन सम्पर्क समिति मकाउका उपसभापति लेख बहादुर तमु,बाटो समितिका अध्यक्ष गोलमान तमु ,उपाध्यक्ष शेर बहादुर तमु,सदस्यहरू विशाल तमु,लिलकाजि तमु, समाजसेवी देऊ बहादुर तमु,जङ्ग प्रसाद तमु,बिर्जमान तमु,रस कुमार तमुस्यो,जापान तमु,प्रेम तमु,माननीय जीवन परियार,माननीय तेज कुमारी पाैडेल,माननीय अर्जुन जाेशी,.भोैतिक पुर्बधार तथा यातयात मन्त्री माननीय रमेश लेखक,नेपाली काग्रेसका जिल्ला सभापति कृष्ण के.सी,,ने.क.पा (माओवादी केन्द्र )का पोलिटब्युरो सदस्य कास्की जिल्ला इन्चार्ज राजकाजि तमु (करण),सडक डिभिजन कार्यालय पोखरा डिई प्रेम प्रकाश खत्री,कास्की LDO बलराम ढकाल, ,भाैतिक मन्त्रालयका सचिव धन बहादुर तमाङ,अधिकृत राजेश उप्रेती,अर्थ मन्त्रालयका प्रेस विज्ञ पत्रकार त्रिभुवन पाैडेल, स्थानीय विकास मन्त्रालयका सुमन गिरी लगाएतका सम्पूर्ण सहयोगीहरु प्रति सिक्लेसबासीहरू हार्दिक धन्यवाद साथै आभार प्रकट गर्दछ |