संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले २७ गते नेपाल बन्द गर्ने - Himal Post Himal Post
  • ३ असार २०८३, बुधबार
  •      Wed Jun 17 2026
Logo

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले २७ गते नेपाल बन्द गर्ने



काठमाडौं, फागुन २४ ।

संयुक्त  लोकतान्त्रिक मधेसी मोर्चाले नेपाल बन्द सहितको विरोध कार्यक्रम गर्ने निर्णय गरेको छ । मंगलबार दिउँसो साढे तीन बजेदेखि संघीय समाजवादी फोरम नेपालको पार्टी कार्यालय तीनकुनेमा बसेको मोर्चाको बैठकले २६ गते देशभरका जिल्ला जिल्लामा प्ले कार्डसहित विरोध प्रदर्शन गर्ने र २७ गते नेपाल बन्द गर्ने निर्णय गरेको हो ।

बैठकमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द् यादव, तराई मधेस लोकतान्त्रिक पार्टी(तमलोपा) का अध्यक्ष महन्थ ठाकुर, सदभावनाका अध्यक्ष राजेन्द्र महतो, डिम्पल कुमारी झा, गणतान्त्रिक फोरमका अध्यक्ष राजकिशोर यादव,केशव झम, लक्ष्मणलाल कर्ण,महेन्द्र प्रसाद यादव लगायतका उपस्थित नेताहरुको बैठकले एमालेको उदण्ड कार्यशैलीको बिरोध गर्ने पनि निर्णय गरेको छ ।

सोमबार एमालेको मेची–महाकाली अभियानको बेलामा सप्तरीमा प्रहरीको गोली लागेर तीन जनाको मृत्यु भएपछि मोर्चाको बैठक बसेको हो ।

मोर्चाले एक हप्ताभित्र संविधान संशोधन प्रस्ताव अगाडि नबढाए सरकारलाई दिएको समर्थन फिर्ता लिने पनि निर्णय गरेको छ ।

बैठकले सप्तरी घटनाको वास्तविक छानवीनको लागि मानवअधिकारवादीहरुलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको स्रोतले जनाएको छ ।