प्रजातन्त्रवादी प्राध्यापक सङ्घका सचिवद्वारा धन्यवाद ज्ञापन
हिमाल पोस्ट /काठमाडौं फागुन २२
प्रजातन्त्रवादी प्राध्यापक सङ्घ, नेपालको यहि २० र २१ गते भएको केन्द्रीय महाधिवेशनमा नव निर्वाचित सचिव डा. विष्णु प्रसाद पोख्रेलले एक विज्ञप्ति जारी गरी सम्पूर्ण प्राध्यापकहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको छ ।
काठमाडौँको कृतिपुरमा सम्पन्न चौथो महाधिवेशनमा प्रकाश सिंह प्रधान समूहबाट आफूलाई सचिवको उमेदबारी प्रस्तुतगरिदिनु भएकोमा अग्रजहरु प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै निर्वाचनबाट अत्यधिक बहुमतले निर्वाचित गर्नु हुने महाधिवेशन प्रतिनिधिहरू, विभिन्न तह र तप्काका सुभेच्छुकहरु प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्नु भएको छ ।
उहाँले देशको शैक्षिक सुधारमा बिश्वबिद्यालयमा कार्यरत प्राध्यापकहरूको अहम भूमिका हुने हुँदा संगठनिक सुधार, प्राज्ञिक उन्नयन गर्ने वातावरण सिर्जना गर्न प्रयत्न रहेने समेत व्यक्त गर्नु भएको छ ।