"श्रीमान-श्रीमतीका चीप कमेडी बेचेर 'महानायक' बनिदैन दीपकजी" - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

“श्रीमान-श्रीमतीका चीप कमेडी बेचेर ‘महानायक’ बनिदैन दीपकजी”



काठमाडौं- अभिनेता तथा कमेडियन दीपकराज गिरी आफ्नै कारणले आलोचनाको शिकार बनेका छन् । अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको अनावस्यक बचाउ गर्दा उनि आलोचनाको शिकार बनेका छन् ।

केही दिन अगाडि एक अन्तवार्तामा राजेश हमाल ‘महानायक’ हो र ? भन्दै दीपाश्री निरौला प्रश्न उठाएपछि तातेको नेपाली सिने क्षेत्रको भुग्रोमा दीपाश्री निरौला र दीपकराज गिरी एकैपटक परे ।

कतिपयले दीपाको उक्त प्रश्न प्रति व्यङ्ग्य गर्दै दीपकराज गिरीलाई महानायक भन्नुपर्ने तर्क राखे । त्यसको स्पष्टिकरणमा दीपाश्री निरौलाले लामो चिट्ठी समेत लेखेर सामाजिक संजालमा पोष्ट गरिन । माहोल थामिएला भनेको झन् भन्दा झन् उनको आलोचना चुलिन थाल्यो ।

अवस्था यस्तो पनि आयो कि नेपाली चलचित्र क्षेत्रका विभिन्न कलाकारले आफूलाई चित्त नबुझेका तथा रिस उठेका कलाकारलाई ‘महानायक’ भनेर कमेन्ट गरेर एक अर्काेलाई उडाउन थाले ।

आफूमाथि चर्को व्यङ्ग्य हुन थालेपछि कलाकार दीपकराज गिरीले माहोल थाम्ने प्रयत्न गरिरहेका छन् । उनले आफूलाई महानायकको पगरी भिर्याउनेलाई आफ्नो बाटो, लक्ष्य कहिले पनि महानायकतिर नभएको स्पष्ट परेका छन् ।

‘मेरो गल्ती विना नै मलाई जबरजस्ती महानायक बनाउनेहरुलाई धन्यवाद’ दीपकले सामाजिक संजालमा लेखेका छन् ‘जवदेखि कलाकार भएँ, हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, सन्तोष पन्त जस्तो बन्न चाहँन्थे ।’

दीपक अगाडि थप्छन् ‘जब असत्य चिच्याई चिच्याई बोलेर भीड जम्मा गरिरहेको हुन्छ, सत्यले चुपचाप आफ्नो बाटो हिँड्नु राम्रो ।’

अलिअलि कमाएर केहि फिल्म हिट भएपछि दीपकराज गिरी पटक पटक विवादमा पर्ने गरेका छन् । कतिपय पहिले संगै काम गरेका कलाकार दीपकलाई इगोले भरिएको मान्छे पनि भन्छन । उनीसंग लामो समय काम गरेका कलाकार अहिले उनीसंग छैनन् । उनीसंग काम गर्न पनि चाहन्नन् । कतिपय कलाकारसंग त दीपकको सम्बन्ध राम्रो पनि छैन ।

पछिल्लो समय उनीमाथि श्रीमान श्रीमतीबिचका झगडामा गरेका कमेडी बेचेर पैसाले भरिएपछि सिनियर, अग्रज तथा दिग्गज कलाकारको योगदानलाई अबमुल्यन गरेको आरोप छ ।

केहि सामाजिक संजाल प्रयोगकर्ताले त उनलाई यतिसम्म भनेका छन्, ‘श्रीमान श्रीमतीका चीप कमेडी बेचेर महानायक बन्न सकिन्न दीपक जी’

यो पनि:

दिपकराज गिरीलाई लाग्यो ६ अभियोग !