अन्ततःनेपाली कांग्रेस फुट्यो ,को को छन् त फुटाउनेमा ? - Himal Post Himal Post
  • ३ असार २०८३, बुधबार
  •      Wed Jun 17 2026
Logo

अन्ततःनेपाली कांग्रेस फुट्यो ,को को छन् त फुटाउनेमा ?



काठमाडौँ /फागुन १८ 

अन्ततःनेपाली कांग्रेस फुटेको स्रोतले जनाएको छ । ४० वर्षसम्म नेपाली काँग्रेस कोषाध्यक्ष रहेका काँग्रेसका सँस्थापक नेता रामबाबु प्रसाँईको नेतृत्वमा ‘नेपाली काँग्रेस राष्ट्रवादी’ गठन भएको हो ।

काँग्रेसका पुराना नेता तथा पूर्व मन्त्री एवम् काठमाडौं उपत्यकाका पूर्व मेयर पि.एल सिंह, नेपाली काँग्रेसका केन्द्रिय सदस्यसमेत रहेका वि. वि पि पुत्र प्रकाश कोईराला तथा ने.वि संघका संस्थापक संयोजक,वरिष्ठ अधिवक्ता ,१३ वर्ष जेल जीवन बिताएका ०४७ को संविधानका मस्यौदाकारसमेत रहेका देवेन्द्र नेपालीसहितका वरिष्ठ नेताहरुले ०७२ को संविधान नेपाल र नेपालीको हितमा नभएको र ०४७ को संबिधान नै नेपालका लागि उत्कृष्ट संबिधान भएको निष्कर्ष निकाल्दै नेपाली काँगेसले यसको मर्मविपरित कार्य गरेको भन्दै असन्तुष्ट नेताहरुले अपिल निकालेर ‘नेपाली काँग्रेस राष्ट्रवादी’ पार्टी खोलेको बताएका छन् ।

नेपालको संबिधान २०७२ ले देशलाई दलको दास बनाउन खोजेको भन्दै संबिधानको पद्धतिमा राज्य प्रमुख  दलहरुको निकटमा निर्वाचन पद्धतिबाट आउने भएकाले राज्य प्रम’खको निर्वाचनको माध्यमबाट नेपालमा विदेशी शक्ति र तत्वहरुले खेल्न खेल्न खोजेको आरोप नवगठित नेपाली काँग्रेस राष्ट्रवादीका नेताहरुले आरोप लगाएका छन् ।

‘अबैध रुपमा जवरजस्ती लाद्न खोजिएको ०७२ को संबिधानलाई पूर्णतः खारेज गरि २०४७ को नेपाल अधिराज्यको संबिधान पुनस्र्थापना गरि क्रियाशिल गराउन सार्वभौम जनता र राज्यका सबै पक्ष अहिंसक जनआन्दोलनमा सक्रिय हुन सबैको कर्तव्य हो’अपिलमा भनिएको छ । गठन भएको नयाँ पार्टीको महाधिवेसन चैत्र अन्त्य वा बैसाख पहिलो साता हुने बताइएको छ । उक्त पार्टीको महाधिवेसनबाट पार्टीको नाम परिवर्तन गरी नेपाली कांग्रेस (विपी) राखिने पार्टीको उच्च स्रोतले बताएको छ  ।

अर्थ सरोकारको सहयोगमा