जन सम्पर्क समिति दक्षिण भारतमा कार्यकर्ता भेला एवं प्रशिक्षण सम्पन्न - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

जन सम्पर्क समिति दक्षिण भारतमा कार्यकर्ता भेला एवं प्रशिक्षण सम्पन्न



योगेन्द्र गौतम/फागुन १७ 

नेपाली काँग्रेसको नेतृत्व तहलाई पनि नेपाली जन सम्पर्क समिति भारत आह्वान गर्दछ आपसी एकता सहमति विश्वास शान्ति र सद्भावता कायम गरी देशको राजनीतिमा लिईने  महत्त्वपूर्ण निर्णयहरू सस्थागत र विधान सम्मत हुन पर्दछ ताकि आम कार्यकर्ता र जनताबाट नेतृत्व आलोचनाको सिकार हुन नपरोस यिनै विषयमा रहेर नेपाली जन सम्पर्क समिति दक्षिण भारतले तेलंगाना राज्यको हैदराबादमा दुई दिने आम कार्यकर्ता भेला र प्रशिक्षण कार्यक्रम राखेको थियो ।

जन नायक बि पी कोइरालाको करकमलबाट सन १९७६ जुन १३ विक्रम सम्बत ( २०३३ जेठ १३ ) गतेका दिन मुम्बईको माहानगरीमा नेपाली जन सम्पर्क समिति भारतको स्थापना भएको गौरवपुर्ण इतिहास छ ।

हरेक प्रजातान्त्रिक आन्दोलनमा प्रवासबाट टेवा पुराएको नेपाली जन सम्पर्क समिति भारतको विधि र विधान नेपाली काँग्रेस सङ सम्बन्ध छ । हरेक नेपाली राजनीतिज्ञहरूको भारत भ्रमणमा नेपाली जन सम्पर्क समितिको उल्लेखनीय भूमिका रहेको हुन्छ ।

पछिल्लो २०६२ , ६३ को जन आन्दोलन मा भारतमा रहेका नेपाल का राजनीतिक दलहरू का भातृ सङ्गठन हरुलाइ समेत आफ्नो विश्वास मा लिएर भारतमा रहेका विशाल नेपाली हरुको प्रतिनिधित्व गर्दै आन्दोलन मा सहभागी हुँदै इतिहास रच्ने सुवर्ण अवसर प्राप्त गरेको थियो ।

भारतको राजधानी नयाँ दिल्ली बारखम्बा रोड स्थित नेपाली राजदूतावास भनी राखिएको साइनबोर्डमा वर्तमान केन्द्रीय अध्यक्ष बालकृष्ण पाण्डेबाट त्याहा उपस्थित भारतीय प्रहरीहरुलाइ समेत आखामा धुलो हालेर राज भन्ने शब्दलाई कालो मसीले पोतेर नेपाली दूतावास नाम अन्कित इतिहास रच्न सफल भएका थिए सो अहिले पनि त्यही बोड यथावत छ ।

वर्तमान नेपालको राजनीतिमा महत्त्वपूर्ण स्थान ओगटेको सात राजनीतिक दल र माओवादी बिच दिल्लीमा भएको १२ बुदे समझदारीमा समेत नेपाली जन सम्पर्क समिति भारतले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको सर्बबिदितै छ ।

भारत का हरेक राज्यमा रहेका नेपाली हरुलाइ उति नै महत्त्व दिँदै अहिले सम्म आइपुग्दा ६ क्षेत्रहरू भित्र १०८ शाखा हरू एव ती शाखा भित्र ३८४ उप शाखाको बिस्तार भैसकेको छ जुन समिति भित्र आफ्नै गौरवमय इतिहास अङ्कित छ । भारतमा रहने हरेक नेपालीको सुरक्षा न्याय अधिकार र स्वतन्त्रताका निमित्त कटिबद्ध हुँदै सङ्गठनका हरेक कार्यकर्ता ले सकारात्मक भूमिका निभाइ रहेका छन् । सङ्गठनको विकासमा भारतमा रहेका हरेक नेपालीको महत्त्वपूर्ण योगदान छ ।

नेपाली काँग्रेस प्रति सधा इमानदारी रही आफूलाई पार्टी को विधान र नीति मा समर्पित गरदै नेपाल मा हुने आम चुनाव मा अहो रात्रि खटेर नेपाली जन सम्पर्क समिति भारत का कार्यकर्ता अगि बढेका छन् तर मातृ पार्टी नेपाली काँग्रेस ले माहा धिबेशन प्रतिनिधि बाहेक अरू केही दिन सकेको छैन ।भात्रृ  पार्टीको यस्तो जन सम्पर्क समिति प्रतिको व्यवहारले आम कार्यकर्तामा निराशा छाएको छ ।

नेपाली काँग्रेस नेपाली जनताको मनको पार्टी बनोस भन्ने नेपाली जन सम्पर्क समिति भारतका कार्यकर्ता हरुको माग हो । एउटै माग के छ भने जन सम्पर्क समिति भित्रै बाट दुई जना नेपाली काँग्रेस को केन्द्रीय सदस्य बनाउन पर्दछ एक समग्र भारत हेरनी गरी दुई खाड़ी मुलुक देखी युरोपीय देशहरूमा रहेका जन सम्पर्क समिति हेरनी गरी ।

आजको आवश्यकता समग्र विश्वमा रहेका जन सम्पर्क समिति का कार्यकर्ता बिच मित्रता सद्भावता र एकता कायम गर्नु नै हो । नेपालमा स्थानीय निर्वाचन को मिति घँषणा भएको छ , आउनी स्थानीय निर्वाचन मा नेपाली जन सम्पर्क समिति को सहभागिता गराउनु प्रमुख उद्देश्य का साथ कान्ग्रेस नेतृत्व अगि बढनु पर्दछ भन्ने मान्यता पनि हो ।

लोकतंत्र लाई तल्लो तहदेखि सबल र सक्षम बनाउन जनताको मौलिकता, सार्बभौमिक्ता र स्वतन्त्रता को रक्षा का निमित्त स्थानीय निर्वाचन मा नेपाली काँग्रेस को विजय अत्यंत आवश्यक छ । नेपाली काँग्रेस लोकतान्त्रिक व्यवस्था लाई सबल र सामबेशी बनाउदै हरेक जात जाती भाषा भाषी र धर्मको सम्मान हुने गरी संविधान संशोधन को पक्षमा रहेको स्पष्ट हुन्छ । संविधान संशोधन मा धेरै विषय हरू परिमार्जन गर्नु पर्दछ जस्तै पाच नम्बर प्रदेश टुक्राउन नहुने गरी जनता को भावना अनुरूप संविधान संशोधन हुन पर्दछ भन्ने मान्यता नेपाली जन सम्पर्क समिति भारत राख्दछ ।

उक्त कार्यक्रमको अध्यक्षता क्षेत्रीय उपाध्यक्ष राज बहादुर कुवर ले गरेका थिए भने सञ्चालन माहा सचिव नन्दा बोगटीले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि नेपाली जन सम्पर्क समिति भारतका केन्द्रीय अध्यक्ष बालकृष्ण पाण्डे एवं विशिष्ट अतिथिमा नेपाली विद्यार्थी सङ्घका युवा नेता डम्मर बहादुर सुनवारको उपस्थिति रहेको थियो ।

कार्यक्रममा अन्य उपस्थितिहरु केन्द्रीय समितिबाट कान्ति प्रसाद धमला , पहराम विष्ट ‘ नैन बहादुर विष्ट ‘ कमान सिह भण्डारी ‘ राम प्रसाद रिमाल , क्षेत्रीय समिति बाट मीन बहादुर कुवर पूर्व केन्द्रीय सदस्य पूर्ण प्रसाद बराल , पूर्व माहा सचिव योगेन्द्र गौतम , सह कोषाध्यक्ष गोबिंद भण्डारी , तिर्थ कुवर , देबेन्द्र बोगटी , खडक बहादुर बोगटी, गणेश कुवर , नेपाल दलित सङ्घ भारत ईकाईका अध्यक्ष महल सिह ओड , उपाध्यक्ष जनक बि क लगाएतका अतिथि हरुको उपस्थिति रहेको थियो प्रशिक्षण कर्ता समितिका केन्द्रीय अध्यक्ष बालकृष्ण पाण्डे र विद्यार्थी युवा नेता डम्मर बहादुर सुनवार रहेका थिए ।